२१ बैशाख २०८१, शुक्रबार
03-05-2024 , Fri
×

पुनःस्थापना केन्द्र सञ्चालनसम्बन्धी विधेयक सच्याउन माग

Logo
प्रकाशित शनिबार, आषाढ २०, २०७७

न्यूजमधेश सम्बादाता
रुपन्देही,२० असार।सेवा केन्द्र तथा पुनःस्थापना केन्द्रको स्थापना तथा सञ्चालन सेवा तथा पुनःस्थापना कोष सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको प्रस्तावनामा रहेका त्रुटि सच्याएर मात्रै पारित गर्न सरोकार पक्षले सुझाव दिएको छ ।

विधेयकमाथि सरोकार पक्षको राय लिन आज बसेको सामाजिक विकास समितिको बैठकमा सहभागी विभिन्न सङ्घसस्थाका प्रतिनिधिले विधेयकको प्रस्तावना, कोषको सञ्चालन तथा पुनःस्थापना केन्द्रका काम, कर्तव्य र अधिकारमा धेरै विषय छुटेका कारण थप गर्न सुझाव दिए ।

बैठकमा मानव अधिकार आयोग प्रदेश नं ५ का निर्देशक सम्झना शर्माले लैङ्गिक हिंसा प्रभावितको सुरक्षा तथा उपचारका लागि पुनःस्थापना केन्द्र स्थापनासम्बन्धी विधेयक आउनु राम्रो भएको बताउँदै सञ्चालनमा आउने अप्ठ्यारा परिस्थितिलाई ध्यानमा राखी सबै विषय समेटिनुपर्ने धारणा राख्नुभयो ।

कदम नेपालका अध्यक्ष इन्दिरा आचार्यले घरेलु हिंसा मात्र नभई सबै प्रकारका हिंसापीडितको सुरक्षाका लागि पुनःस्थापना केन्द्र आवश्यक रहने भएकाले प्रस्तावनामा सुधार गर्नुपर्ने बताउनुभयो ।

माइती नेपालका भैरहवाका प्रमुख माया क्षेत्रीले लैङ्गिक हिंसा पीडितको सुरक्षा र सामाजिक पुनःस्थापनाका लागि दीर्घकालीन रुपमा रोजगारीको व्यवस्था हुनुपर्ने उल्लेख गर्नुभयो ।

समितिका सभापति दीर्घनारायण पाण्डेयले सबैका सुझावका आधारमा विधेयकमा छुटेका विषय समेटिने बताउनुभयो । यसअघि प्रदेशसभामा प्रस्तुत उक्त विधेयक अपुरो भएको जनाउँदै संशोधन प्रस्ताव दर्ता भएपछि थप छलफलका लागि समितिमा पठाइएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम । मधेश सरकारको योजनाहरू खरिद विक्री हुने गरेको निष्कर्ष निकाल्दै जनमत पार्टीले विरोध गर्ने निर्णय गरेको छ । राष्ट्रिय अध्यक्ष डा. सीके राउतको उपस्थितिमा आज जनमत पार्टी मधेश प्रदेश संसदीय दलको बैठक बसेको थियो । उक्त बैठकले योजना खरिद विक्रीबारे सरकारको ध्यानाकर्षण र विरोध गर्ने गरिएको दलका नेता महेश प्रसाद यादवले जानकारी दिए । […]

जनकपुरधाम । जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले महोत्तरीको मटिहानीका आगलागी प्रभावित परिवारलाई ग्यास सिलिण्डर सहयोग गरेका छन् । आगलगी प्रभावित क्षेत्रको अवलोकन पुगेका जनमत अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य डा. राउतले सानो ग्यास सिलिन्डर वितरण गरेका हुन् । उनले १०८ प्रभावित परिवारलाई ५ किलोको ग्यास सिलिन्डर उपलब्ध गराएको मटिहानीका मेयर हरि प्रसाद मण्डलले जानकारी दिए । […]

जनकपुरधाम । जनमत पार्टी मधेस प्रदेश संसदीय दलको बैठक बस्न लागेको छ। जनकपुरधामको भानु चौकस्थित रहेको पार्टीको सचिवालयमा पार्टी अध्यक्ष डा.सीके राउतको उपस्थितिमा बैठक बस्न लागेका हुन् । आज बिहान ९ बजेको लागि मधेस प्रदेशका समसामयिक राजनीतिक विषय बस्तुमा छ्लफलको लागि बैठक बोलाएको पार्टीका राष्ट्रिय सचिव तथा प्रदेश सांसद संजय यादवले बताए ।