१६ चैत्र २०८२, मंगलबार
31-03-2026 , Tue
×

पुनःस्थापना केन्द्र सञ्चालनसम्बन्धी विधेयक सच्याउन माग

Logo
प्रकाशित शनिबार, आषाढ २०, २०७७

न्यूजमधेश सम्बादाता
रुपन्देही,२० असार।सेवा केन्द्र तथा पुनःस्थापना केन्द्रको स्थापना तथा सञ्चालन सेवा तथा पुनःस्थापना कोष सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको प्रस्तावनामा रहेका त्रुटि सच्याएर मात्रै पारित गर्न सरोकार पक्षले सुझाव दिएको छ ।

विधेयकमाथि सरोकार पक्षको राय लिन आज बसेको सामाजिक विकास समितिको बैठकमा सहभागी विभिन्न सङ्घसस्थाका प्रतिनिधिले विधेयकको प्रस्तावना, कोषको सञ्चालन तथा पुनःस्थापना केन्द्रका काम, कर्तव्य र अधिकारमा धेरै विषय छुटेका कारण थप गर्न सुझाव दिए ।

बैठकमा मानव अधिकार आयोग प्रदेश नं ५ का निर्देशक सम्झना शर्माले लैङ्गिक हिंसा प्रभावितको सुरक्षा तथा उपचारका लागि पुनःस्थापना केन्द्र स्थापनासम्बन्धी विधेयक आउनु राम्रो भएको बताउँदै सञ्चालनमा आउने अप्ठ्यारा परिस्थितिलाई ध्यानमा राखी सबै विषय समेटिनुपर्ने धारणा राख्नुभयो ।

कदम नेपालका अध्यक्ष इन्दिरा आचार्यले घरेलु हिंसा मात्र नभई सबै प्रकारका हिंसापीडितको सुरक्षाका लागि पुनःस्थापना केन्द्र आवश्यक रहने भएकाले प्रस्तावनामा सुधार गर्नुपर्ने बताउनुभयो ।

माइती नेपालका भैरहवाका प्रमुख माया क्षेत्रीले लैङ्गिक हिंसा पीडितको सुरक्षा र सामाजिक पुनःस्थापनाका लागि दीर्घकालीन रुपमा रोजगारीको व्यवस्था हुनुपर्ने उल्लेख गर्नुभयो ।

समितिका सभापति दीर्घनारायण पाण्डेयले सबैका सुझावका आधारमा विधेयकमा छुटेका विषय समेटिने बताउनुभयो । यसअघि प्रदेशसभामा प्रस्तुत उक्त विधेयक अपुरो भएको जनाउँदै संशोधन प्रस्ताव दर्ता भएपछि थप छलफलका लागि समितिमा पठाइएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]