२६ फाल्गुण २०८२, बुधबार
11-03-2026 , Wed
×

ट्राफिक प्रहरीले कोरोनाबाट जोगिन मास्क बाँड्दै

Logo
प्रकाशित मंगलबार, आषाढ २३, २०७७

सिबेन्द्र रोहिता
जनकपुरधाम ,२३ असार।कोरोना भाइरसबाट जोगिन प्रदेश २ का अस्थायी राजधानी जनकपुरधाममा ट्राफिक प्रहरीले मास्क वितरण सुरु गरेको छ ।

सोमवार जनकपुरको भानु चोकमा ट्राफिक प्रहरीले मास्क विना हिड्ने सर्वसधारणको मोटरसाइकल रोकेर मास्क वितरण गरे । मास्क विना हिड्ने पैदल यात्रुलाई पनि मास्क वितरण गरियो । ट्राफिक प्रहरीले यो प्रसंसनीय कार्य गरिरहेको सर्वसधारणले बताएका छन् ।

मास्क नभएका व्यक्तिलाई उपलब्ध गराएको र मास्क राखेर पनि प्रयोग नगर्नेलाई प्रयोग गर्न जनचेतना फैलाउन लागेको ट्राफिकका सई मनोज चौधरीले जानकारी दिए । मास्क प्रयोग नगर्दा कोरोना भाइरस सर्ने जोखिम बढेकाले जनचेतना अभियान चलाएको उनको भनाई छ ।

सोमवार गृह मन्त्रालयले प्रहरी र सबै जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरेर मास्क विना हिड्नेलाई समात्न निर्देशन दिएको थियो । सो बमोजिम मास्क प्रयोग नगर्ने कैयौं व्यक्तिलाई प्रहरीले पक्राउ समेत गरेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]