२० बैशाख २०८१, बिहिबार
02-05-2024 , Thu
×

ट्राफिक प्रहरीले कोरोनाबाट जोगिन मास्क बाँड्दै

Logo
प्रकाशित मंगलबार, आषाढ २३, २०७७

सिबेन्द्र रोहिता
जनकपुरधाम ,२३ असार।कोरोना भाइरसबाट जोगिन प्रदेश २ का अस्थायी राजधानी जनकपुरधाममा ट्राफिक प्रहरीले मास्क वितरण सुरु गरेको छ ।

सोमवार जनकपुरको भानु चोकमा ट्राफिक प्रहरीले मास्क विना हिड्ने सर्वसधारणको मोटरसाइकल रोकेर मास्क वितरण गरे । मास्क विना हिड्ने पैदल यात्रुलाई पनि मास्क वितरण गरियो । ट्राफिक प्रहरीले यो प्रसंसनीय कार्य गरिरहेको सर्वसधारणले बताएका छन् ।

मास्क नभएका व्यक्तिलाई उपलब्ध गराएको र मास्क राखेर पनि प्रयोग नगर्नेलाई प्रयोग गर्न जनचेतना फैलाउन लागेको ट्राफिकका सई मनोज चौधरीले जानकारी दिए । मास्क प्रयोग नगर्दा कोरोना भाइरस सर्ने जोखिम बढेकाले जनचेतना अभियान चलाएको उनको भनाई छ ।

सोमवार गृह मन्त्रालयले प्रहरी र सबै जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरेर मास्क विना हिड्नेलाई समात्न निर्देशन दिएको थियो । सो बमोजिम मास्क प्रयोग नगर्ने कैयौं व्यक्तिलाई प्रहरीले पक्राउ समेत गरेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी। बालबालिका न हुन्, घरबारविहीन भई खुला आकाशमुनि आउँदा पनि निस्फिक्री जीवन बाँचिरहेका छन्। न छानाको चिन्ता छ न मानाको। चिन्ता छ त केवल ‘खरानीको घर’ अरुको भन्दा राम्रोसँग कसरी ठड्याउने ! यही वैशाख १२ गते आगलागीबाट एक सयभन्दा बढी घर जलेर खरानी भएका महोत्तरीको मटिहानी-६ को जरलहवागाछी बस्तीमा अहिले यस्तै दृश्य देखिन्छन्। घरबास कहिले […]

महोत्तरी । अहिले वैशाखको तेस्रो सातामै महोत्तरीमा तापक्रम दैनिकजसो ४२ डिग्री सेल्सियसको सेरोफेरोमा छ । प्रचण्ड रापसँगैको तातो हावाका बीच पनि यहाँ गृहिणी भने बर्खा यामका लागि ‘गुइँठा’ बनाउन व्यस्त छन् । मधेसमा खाना पकाउने इन्धनको जोहोमा ‘गुइँठा’ बनाउने व्यस्तता बढेको हो । बर्खामास खाना पकाउन यहाँका गृहिणी जेठसम्म ‘गुइँठा’ बनाउने काममा व्यस्त हुन्छन् । […]

काठमाडौं । पर्साको वीरगञ्जस्थित नबिल बैंकबाट रकम चोरी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । अनुसन्धान भइरहेकाले उनीहरूको विवरण प्रहरीले गोप्य राखेको बताइएको छ । चोरी प्रकरणमा अन्य व्यक्ति पनि पक्राउ पर्न बाँकी नै रहेकाले प्रहरीले अनुसन्धान अघि बढाइरहेको छ । सोमबार […]