१२ फाल्गुण २०८२, बुधबार
25-02-2026 , Wed
×

बेपत्ता दम्पतीमध्ये एकको शव फेला

Logo
प्रकाशित मंगलबार, आषाढ ३०, २०७७

न्यूजमधेश सम्बादाता
राजापुर ,३० असार।बर्दियाको बबई नदीमा आएको बाढीमा बगेर बेपत्ता दम्पतीमध्ये एक जनाको शव फेला परेको छ ।

केही दिनअघि ठाकुरबाबा नगरपालिका– ४ बगनाहाको एक दम्पती नदीमा बेपत्ता भएको थियो ।

पत्नी २६ वर्षीया राजकुमारी थारुको शव आज मधुवन नगरपालिकाको सीमामा पर्ने बबई नदीको कुसुम्बाघाटमा फेला परेकोे जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब निरीक्षक कलाधर सापकोटाले जानकारी दिनुभयो ।

पति ३२ वर्षीय जितबहादुर भने अझै बेपत्ता रहेको र उनको खोजी जारी रहेको प्रहरी कार्यालयले जनाएको छ । बबई किनारमा रहेको दाउरा सङ्कलन गरेर घर फर्कने क्रममा नदीमा आएको बाढीमा बगेर सो दम्पती बेपत्ता भएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]