२७ बैशाख २०८१, बिहिबार
09-05-2024 , Thu
×

मालपोतका कर्मचारी घुस लिएको अभियोगमा पक्राउ

Logo
प्रकाशित मंगलबार, आषाढ ३०, २०७७

न्यूजमधेश सम्बादाता
राजविराज,३० असार।भूमिसुधार तथा मालपोत कार्यालय सप्तरीका एक कर्मचारी आज घुस लिएको अभियोगमा पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीबाट खटिएको टोलीले कार्यालय सप्तरी राजविराजका नायब सुब्बा कृष्णबल्लभ ठाकुरलाई पक्राउ गरिएको आयोगले जनाएको छ ।

आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार कार्यालय राजविराज, सप्तरीमा कार्यरत नासु ठाकुरलाई सेवाग्राहीसँग घुस लिएको भनिएको अवस्थामा पक्राउ गरिएको हो।ठाकुरलाई ट्रायल चेक गरी बढी जग्गाको स्रेस्ता कायम गरी दिने प्रयोजनका लागि घुस लिएको अभियोग लगाइएको छ ।

सेवाग्राहीबाट लिएको भनिएको रु १३ हजार सहित उनलाई कार्यकक्षबाट नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

कैलाली । कैलालीको घोडाघोडी नगरपालिका–२ का २५ वर्षीय सुनिल शाही मृत्यु घटनाको प्रहरीले अनुसन्धान सुरु गरेको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार अहिले शंकास्पदमाथि सोधपुछ गर्ने कार्य भइरहेको छ। शाहीको घोडाघोडी नगरपालिका–४ स्थित नयाँ बाटो पुनःस्थापना केन्द्र (सुधारगृह)मा बुधबार बिहान मृत्यु भएको थियो। पीडित परिवारले शाहीको सुधारगृहमा कुटपिट गरेर हत्या गरिएको आरोप लगाएको छ। ‘शरीरभर ठाउँ […]

काठमाडौँ। स्थानीय चन्द्रागिरि नगरपालिका–६ स्थित मातातीर्थ कुण्डमा आज बिहानैदेखि स्नान गर्नेको घुइँचो लागेको छ । प्रत्येक वर्ष वैशाख कृष्ण औँसीका दिन दिवङ्गत आमाको सम्झनामा यहाँ मेला लाग्ने गरेको छ । कुण्ड परिसरमा दिवङ्गत आमाको स्मृतिमा तर्पण दिने तथा श्राद्ध गर्नेको पनि भीड लागेको छ । कुण्डमा आज माताको श्राद्ध तथा उहाँको सम्झनामा तर्पण एवं दान […]

जनकपुरधाम ‌। मधेशका उद्योग वाणिज्य तथा पर्यटन मन्त्री युवराज भट्टराई सेवाग्राही बनेर महोत्तरीको जलेश्वरस्थित घरेलु कार्यालयको निरीक्षण गरेका छन् । कर्मचारीले काममा ढिलासुस्ती र घुस माग्ने गरेको गुनासो सेवाग्राहीबाट आएपछि मन्त्री भट्टराई निरीक्षणका लागि १० बजेर ९ मिनेटमै घरेलु कार्यालय पुगे । उनी कार्यालयमा प्रवेश गर्दा एक जना सहयोगी (कास) मात्र थिए । उनले कार्यालय […]