१२ कार्तिक २०८२, बुधबार
29-10-2025 , Wed
×

देवघाटमा बोलबम मेला नहुने

Logo
प्रकाशित बुधबार, आषाढ ३१, २०७७

न्यूजमधेश सम्बादाता
रत्ननगर, ३१ असार । कोभिड–१९ को सङ्क्रमणलाई मध्यनजर गर्दै यस वर्ष पवित्र धार्मिक तीर्थस्थल देवघाटमा बोलबम मेला नहुने भएको छ । देवघाट क्षेत्र विकास समितिले कोरोना सङ्क्रमण फैलिने जोखिम उच्च भएकाले यसपालि मेला नगर्ने भएको हो ।

समितिले यस विषयमा चितवन, तनहुँ र नवलपुरका स्थानीय प्रशासनसँग छलफल गरेको थियो । देवघाट क्षेत्र विकास समितिका अध्यक्ष शिवराज पौडेलले यो वर्ष बोलबम मेला नगर्ने बताउनुभयो । “चितवन, नवलपुर र तनहुँको प्रसाशनसँगको छलफलबाट मेला नगर्ने निर्णय गरेका छौँ”, पौडेलले भन्नुभयो, “सबैभन्दा पहिला जीवन बचाउनुपर्छ, त्यसपछि धार्मिक क्रियाकलाप गर्ने हो ।” देवघाटमा करिब १५ वर्ष पहिलेदेखि बोलबम मेला हुँदै आएको छ । यो वर्ष साउन ५ गते पहिलो सोमबार परेको छ । “त्यसअघि नै मेला नआउन अपिल गर्दै भक्तजनसम्म सूचना प्रवाह गरिरहेका छौँ”, पौडेलले भन्नुभयो ।

साउने सोमबार दर्शानार्थीको भीड नै लाग्ने गर्दथ्यो । यही असार ७ गते परेको खण्डग्रास सूर्यग्रहणमा समेत देवघाटमा स्नानमा नआउन समितिले सार्वजनिक सूचना नै जारी ग¥योे । देवघाटमा स्वदेश तथा विदेशबाट स्नानका लागि तीर्थयात्री आउँथे । कोरोना भाइरसको सङ्क्रमण फैलिने जोखिमका कारण देवघाट प्रवेशमा समेत चैतयता निगरानी बढाइएको छ । बढीमा २५ जना सामाजिक दूरी कायम गरी तथा स्वास्थ्य सुरक्षासहित दाहसंस्कारमा सहभागी हुन पाइने गरी सार्वजनिक अपिल गर्दै आएको छ ।

“भीडभाड रोक्न देवघाटका प्रवेशद्वारमा निगरानी बढाउने छौँ”, अध्यक्ष पौडेलले भन्नुभयो, “ठिमुरा, दासढुङ्गा, आपँटारीमा रोक लगाउनुपर्ने देखिएको छ ।” साउनका हरेक सोमबार ५० हजारभन्दा बढी तीर्थयात्री आउने गर्दथे । स्नान, पूजापाठ गरी फर्किन्थे । तर, अहिले सहज समय छैन । स्नानघाट व्यवस्थापन गर्ने, स्वयंसेवक खटाउनेजस्ता पूर्वतयारीसमेत छैन ।

समितिका कार्यकारी निर्देशक धिरणबाबु घिमिरेले भीडभाड हुँदा सामाजिक दूरी कायम गर्न नसकिने भएकाले मेला हुन नसक्ने बताउनुभयो । “देशभरबाट तीर्थालु आउने ठाउँ हो, कोही सङ्क्रमित आइदिए सङ्क्रमण फैलिन सक्छ”, उहाँले भन्नुभयो, “सङ्क्रमणबाट जोगाउनै मेला रोक्न लागेका हौँ ।”

सरकारले देशभर कुनै मेला महोत्सव आयोजना नगर्न निर्देशन नै जारी गरिसकेको छ । देवघाट क्षेत्रमा करिब १५० घरमा पूजा सामग्री पसल सञ्चालनमा छन् । मेलालाई लक्षित गरी सडक किनारमा झण्डै एक हजारले पूजा सामग्री बेच्न बस्ने गर्दथे । अहिले देवघाट सुनसान सरह छ, पसलमा व्यापार छैन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]