२८ फाल्गुण २०८२, शुक्रबार
13-03-2026 , Fri
×

रुपन्देहीमा जनमत पार्टीको जिल्ला स्तरीय तदर्थ समिति गठन

Logo
प्रकाशित शनिबार, साउन ०३, २०७७

न्यूजमधेश डेक्स
बुटबल ,३ असार। डा सीके राउत नेतृत्वको जनमत पार्टीको रुपन्देहीमा ३१ सदस्यीय जिल्ला स्तरीय तदर्थ समिति गठन गरीएको छ ।

शनिबार जनमत पार्टीको केन्द्रिय सदस्य भोपेन्द्र प्रसाद यादवको अध्यक्षतामा मायादेवी गाउपालिकाको बेथरीमा एक कार्यकम बीच रामकेश गुप्ताको नेतृत्वमा ३१ सदस्यीय जिल्ला स्तरीय तदर्थ समिति गठन गरेका छन्।

सो समितिको संयोजकमा रामकेश गुप्ता ,सह-संयोजकमा चन्द्रशेषर सोना र दिलिप कुमार यादव ,कोषाध्यक्षमा संजय कुमार मिश्र ,सचिवमा शिवचारन केवट,सह-सचिवमा कृष्ण कोहारलाई चयन गरेको छ।

त्यसै समितिको बरिष्ट सदस्य निमर्ला हरिजन,सदस्यमा चन्द्र कुमार सिंह,निधिलाल अशान्त, राकेश चौधरी,राधेश्याम केवट ,रविन्द्रनाथ शुक्ला ,अशोक कुमार वर्मा ,अमरिष कलवार,दिनेश यादव,विरेन्द्र लोधलगाइतका व्यक्तीहरु समितिको सदस्यमा रहेको छ ।यस तदर्थ समितिमा अझै १० जना जिल्ला सदस्य मनोनित गरिने छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]