३० फाल्गुण २०८२, आइतबार
15-03-2026 , Sun
×

शहिदनगरमा बाढीबाट बचनको लागि पूर्वतयारी तथा प्रतिकार्य अभ्यास

Logo
प्रकाशित आइतबार, साउन ०४, २०७७

न्यूजमधेश डेस्क
जनकपुरधाम,४ साउन । बाढीबाट जनधनको क्षति न्यूनिकरण गर्नको लागि पूर्वी धनुषाको शहिद नगर नगरपालिकामा सुरक्षाकर्मीहरुले शनिबार पूर्वतयारी तथा प्रतिकार्य अभ्यास  गरेको छ  ।

युनिसेफको सहयोगमा लाइफ नेपालद्वारा शहिदनगर नगरपालिकामा बाढीबाट जनधनको क्षति न्युनिकरण तथा प्रतिकार्य अभ्यास कार्यक्रम गरिएको हो ।

लाइफ नेपालले उपलब्ध गराएको सामग्रीहरुको सहयोगका सुरक्षाकर्मीहरुले प्रतिकार्य अभ्यास गरेका थिए । सशस्त्र प्रहरी वल र इलाका प्रहरी कार्यालय, यदुकुहाको समन्वयमा शहिदनगर नगरपालिका वडा नं. २ कमला नदीमा उक्त अभ्यास गरिएको थियो ।

शहिदनगर नगरपालिकाका मेयर उदयकुमार बरबरियाको अध्यक्षतामा आयोजित अभ्यास कार्यमा सम्बन्धित वडाका वडाध्यक्ष, पार्टी प्रतिनिधि, सशस्त्र प्रहरी वल, इलाका प्रहरी कार्यालय, रेडक्रसका प्रतिनिधिलगायत जनसमुदायको उपस्थिति रहेको थियो ।

अभ्यासमा बाढीबाट बच्ने उपाय तथा बाढीमा परेकालाई उद्धार गर्ने सिप, उद्धार सामग्रीको प्रयोग गरिएको थियो । विपतको बेला दु्रत गतिमा उद्धार समाग्रीको प्रयोग गर्न अभ्यासले सहयोग पुग्ने सुरक्षाकर्मीहरुले बताए । अभ्यासको क्रममा पानीको खाली बोतलको प्रयोग गरि उद्धार गरेर देखाइएको थियो ।

उद्धार गरिएकालाई स्वास्थ्यकर्मीहरुले प्राथमिक उपचार गरेका थिए । बाढी पूर्व तयारी तथा प्रतिकार्य अभ्यास कार्यक्रममा लाइफ नेपालका अध्यक्ष सुरैत ठाकुर, कार्यक्रम संयोजक संजिव महतो, सशस्त्र प्रहरी वल यदुकुहाका प्रमुख सागर राइ, इलाका प्रहरी कार्यालय, यदुकुहाका प्रमुख दिपकबाबु केसी, शहिदनगर नगरपालिकाका मेयर उदय कुमार बरबरिया यादव ,वडा नम्बर २ का वडाध्यक्ष जैसिलाल भिनवार, नेकपा धनुषा जिल्ला इन्चार्ज तथा केन्द्रीय सदस्य श्रवण बरबरिया यादव, रेडक्रसका प्रतिनिधि लालबाबु हाथी लगायतको उपस्थिति रहेको थियो ।

बाढी पूर्व तयारी तथा प्रतिकार्यका लागि लाइफ नेपालले शहिदनगर नगरपालिकालाई लाइफ ज्याकेट, साइरन, स्वीमिङ्ग ट्यूव, थ्रो ब्याग, त्रिपाल, ह्याण्ड माइक लगायतका उद्धार सामग्रीहरु सहयोग गरेका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]