१२ फाल्गुण २०८२, बुधबार
25-02-2026 , Wed
×

जनकनन्दिनी गाउँपालिकाको बेथिती : आउँदैनन् कर्मचारी, रित्तै फर्किन्छन् सेवाग्राही

Logo
प्रकाशित आइतबार, साउन ०४, २०७७

मनोज मोरबैता / प्रविन पण्डित
जनकपुरधाम, ४ साउन । धनुषाको जनकनन्दिनी गाउँपालिकाको जनप्रतिनिधि तथा कर्मचारीको लापरवाहीको कारण सेवाग्राही मर्कामा परेका छन् ।

गाउँपालिकाका जनप्रतिनिधी र कर्मचारी समेत कार्यालयमा नआएपछि सेवा लिन आएका सेवाग्राही काम बिनै रित्तै फर्किन बाध्य भइरहेका छन् । उपाध्यक्ष भारती कार्की, प्रमुख प्रशासकिय अधिकृत कुलानन्द झा कार्यालयमा पट्क्कै नआइरहेको सेवाग्राहीको भनाई छ ।

आइतबार १० बजेर २५ मिनेटमा कार्यालय पुग्दा उपाध्यक्ष भारती कार्की तथा निमित प्रमुख प्रशासकीय अधिकृत कुलानन्द झा कार्यालयमा थिएनन् । न्यूजमधेशको टिम कार्यालयमा बेलुका ४ बजे सम्म बसेको थियो ।

तर कार्यालयमा नत उपाध्यक्ष कार्की फेला परिन् न त प्रमुख प्रशासकीय अधिकृत झा नै । कयौ सेवाग्राही काम गराउन पानीमा भिजेर कार्यालय आएका थिए । तर काम नभएपछि उनीहरु निराश भएर घर फर्किन बाध्य भए ।

कयौ सेवाग्राहीलाई कामकाज गराउन नसकी खाली हात घर फर्केका थिए । निमित प्रमुख प्रशासकीय अधिकृत झा जुनवेला मन लाग्छ त्यो वेला कार्यालय आउने जाने गरेकोले सर्वसाधारणको कामकाज प्रभावित भइरहेको सेवाग्राहीको गुनासो छ ।

गाउँपालिकाको सबभन्दा बढी जिम्मेवार कर्मचारी झा नै कार्यालयको समयभरि कार्यालयमा नबस्ने गरेको सेवाग्राही बताउँछन् ।

आफ्नो हजुर आमाको अपाङ्गता सम्बन्धी परिचय पत्र बनाउन महिनौदेखि धाइरहेपनि कर्मचारीले काम नगरिदिएको एक जना सेवाग्राहीले बताए । ‘महिनौ दिनदेखि गाउँपालिका आउँदै छु । तर यहाँ कर्मचारी नै फेला पर्दैनन्’ उनी भन्छन्, “कर्मचारी भेटाएपनि भोलि आउनु पर्सि आउनु भनिरहेका छन् ।”

यस सम्बन्धमा प्रतिकृया लिन खोज्दा निमित प्रमुख प्रशासकीय अधिकृत झाको फोन स्वीच अफ पाइयो । उनी समयमा कार्यालय नआउदा सेवाग्राहीहरु आक्रोशित भएका छन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]