१३ फाल्गुण २०८२, बिहिबार
26-02-2026 , Thu
×

तिलाठी कोइलाडीका तीन वडा डुबान

Logo
प्रकाशित सोमबार, साउन ०५, २०७७

न्यूजमधेश डेस्क
राजविराज ,५ श्रावण। दुई दिनदेखि लगातार परेको मुसलधारे वर्षाका कारण सप्तरीको खाँडो नदीमा आएको बाढीले जिल्लाको तिलाठी कोइलाडी गाउँपालिकाका तीन वटा वडा डुबानमा परेका छन् । जिल्लाको दक्षिणी भेगमा पर्ने तिलाठी कोइलाडी गाउँपालिकाको वडा नं. १ स्थित बेलही, वडा नं. ४ र ५ मा रहेको बनरझुला गाउँ पूर्णरुपमा डुबान भएको गाउँपालिका विपद् व्यवस्थापन अधिकृत राजेशकुमार झाले जानकारी दिनुभयो ।

खाँडो नदीमा आएको बाढीले जिल्लाको तिलाठी कोइलाडी गाउँपालिकाको वडा नम्बर १, बेल्हीका १०० घर, वडा नम्बर ४ र ५ कोइलाडी र बरझुलाका करिब २०० घरमा पानी पसेको छ । त्यस्तै खाँडो नदीमा आएको बाढीले तिलाठी कोइलाडी गाउँपालिका वडा नं. ३ सकरपुरास्थित खाँडो नदीको पूर्वी तटबन्धको स्परमा कटानसमेत शुरु भएको छ । सो ठाउँमा ५० मिटरभन्दा बढी नदीको स्पर कटान गरेको जनाइएको छ ।

यसैबीच वडा नं. ३ सकरपुरास्थित खाँडो नदीको पूर्वीतटबन्धका स्परमा कटान भएका ठाउँमा अहिले बाँसको पाइलिङ र बोरामा बालुवा हालेर नियन्त्रण गर्ने काम शुरु गरिएको छ । सो ठाउँमा बाँसको पाइलिङ र बोरामा बालुवा हालेर नियन्त्रणको काम तीव्रगतिमा भइरहेको गाउँपालिका अध्यक्ष सतिश सिंहले जानकारी दिनुभयो ।

खाँडोको बाढीले बनरझुला, कोइलाडीका तीन र चार स्थानमा सडकमा समेत क्षति पु¥याएको सो गाउँपालिका विपद् व्यवस्थापन अधिकृत राजेशकुमार झाले बताउनुभयो । त्यस्तै सप्तकोशीको बाढीबाट जिल्लाको हनुमाननगर कङ्कालिनी नगरपालिकास्थित सप्तकोही नदीको पूर्वी तटबन्ध छेउमा बसोबास गर्दै आएका करिब ५० घर परिवार डुबानमा परेको छ ।

यसैगरी राजविराज नगरपालिका वडा नम्बर २, ५ र ६ का बस्तीमा वर्षाको पानी पसेपछि जलमग्न भएको छ । जिल्लाको बलान, खडक, महुली, जिता र खाँडो नदीलगायत आधा दर्जन नदीमा बाढीको उच्च चाप रहेको छ । नदी आसपासका बस्तीमा पानीसमेत पसेको जनाइएको छ ।

कोशी नदीमा पानीको बहाब बढेसँगै कोशी आसपासका सप्तकोशी र कञ्चनरुप र हनुमाननगर कङ्कालिनी नगरपालिकाका स्थानीय ठाउँहरु पनि डुबानमा पर्ने खतरा उत्तिकै बढेको छ । जिल्लाको हनुमाननगर कङ्कालिनी नगरभित्रै पनि पानीको उचित निकास नभएकाले घरमा पानी पसेको स्थानीयवासीले जनाएको छ । हनुमानगर कङ्कालिनी नगरपालिका–१ स्थित रहेको इलाका प्रहरी कार्यालय भारदह पनि डुबानमा परेका छन ।

यता यसअघि नै जिल्लाको टापु भनेर चिनिने हनुमाननगर कङ्कालिनी नगरपालिका–१३ गोबगाढा बस्तीमा सप्तकोशी नदीको बाढी पस्दा ७५ परिवार विस्थापित भएका थिए । लगातार वर्षाले सयौँ बिगाहा धानबालीसमेत डुबानमा परेको छ । जिल्लाको सकरपुरा, रम्पुरा मलहनिया, तिलाठी, हनुमाननगरलगायतका ग्रामीण भेकमा किसानले रापेको धानबाली डुबानमा परेको किसानहरुले गुनासो गरेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]