०२ पुष २०८२, बिहिबार
18-12-2025 , Thu
×

कोरोना भाइरसविरुद्धको प्रभावकारी खोप विकास गर्न १८ महिना लाग्ने

Logo
प्रकाशित बुधबार, साउन ०७, २०७७

न्यूजमधेश डेस्क
एजेन्सी, ७ श्रावण । विश्वभर कोरोना भाइरसको खोप विकास गर्ने दौड चलिरहेको छ । खोप विकासबारे विभिन्न अनुमानहरु भइरहेका छन् । केही महिनाभित्रै खोप उत्पादनको विषय आएको छ । तर, खोप बनाउन सजिलो छैन । यसको प्रभावकारिताबारे समेत प्रश्न उठ्छ ।

कोरोना खोप विकास गर्न कम्तिमा १८ महिना लाग्ने रुसी संघीय चिकित्सा जैविक एजेन्सीको संक्रामक रोगहरुका प्रमुख विशेषज्ञ भ्लादिमिर निकोफोरोभले मंगलबार सार्वजनिक गरेका हुन् । संक्रमित मानिसका लागी सुरक्षित र प्रभावकारी खोपको निर्माण गर्न १८ महिना लाग्ने उनले बताएका छन् ।

यस भयानक रोगको नियन्त्रण गर्न दूई वटा मात्र विकल्प रहेको उनले जानकारी दिए । पहिलो यसलाई मौसमी इन्फ्लूएन्जाको रुपमा हेर्न सकिन्छ जुन मौसम परिवर्तन हुना साथ स्वतः गायब हुने वा दास्रो मानिसले आफ्नो क्षमता अुनसार यसलाई परास्त गर्न सफल भए संक्रमण देखा पर्दैन ।

रुसले खोप विकासलाई तीव्रता दिएको छ । जाडो याममा कोरोना भाइरसको भयावह अवस्थामा केही सुधार हुने आँकलन समेत गरिएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]