१९ चैत्र २०८२, शुक्रबार
03-04-2026 , Fri
×

कैलालीमा ४५ घरधनीले घरभाडा छुट गरे

Logo
प्रकाशित बुधबार, साउन ०७, २०७७

न्यूजमधेश सम्बादाता
कैलाली ,७ श्रावण । कैलालीको टीकापुरमा व्यापार व्यवसाय गर्ने व्यवसायीलाई अहिलेसम्म ४५ घरधनीले घरभाडामा छुट घोषणा गरेर राहत दिएका छन् ।

कोरोना रोकथामका लागि गरिएको बन्दाबन्दीका कारण लामो समय व्यापार बन्द हुँदा व्यापार व्यवसायमा सहजता तथा राहतका लागि सटर भाडामा लिएर बस्ने व्यवसायीलाई भाडा छुट गरेका छन् । यसरी घरभाडा छुट गर्ने घरधनीले महिनामा रु तीन हजारदेखि रु ३० हजारसम्म छुट गरेका छन् ।

घरधनी सेतुदेवी रावलले आफूले लकडाउन अवधिको घरभाडा छुट गरिदिएको बताउनुभयो । “बन्द भएको समयमा व्यापारीले कहाँबाट भाडा तिर्लान् भनी छुट गरिदिएकी हुँ”, रावलले भन्नुभयो, “व्यापारबाटै जीवन धानेका व्यवसाय नचलेर हैरान भएका बेला भाडा छुटले राहत मिल्छ ।” घरधनीले व्यापारीलाई एकदेखि तीन महिनासम्म भाडादर आंशिकदेखि पूर्णरुपमा छुट गरेका छन् ।

व्यवसाय सञ्चालनको लागि बंैकिङ कारोवार गरेका व्यवसायी घरभाडा र बैंकको किस्ता तिर्न पर्ने दोहोरो मारमा परेको बेला घरधनीले छुट दिएकाले केही राहत पुगेको व्यवासायी जीवन गौचनले बताउनुभयो । बन्दाबन्दीले व्यापारीको व्यवसाय बन्द मात्र नभई आर्र्थिक भार थपिएकाले व्यापारीले बंैकको ब्याज छुट तथा ऋणको समयावधि बढाउन मागसमेत गर्दै आएका छन् ।

व्यवसायीको प्रतिष्ठासँग व्यापार जोडिएको र आर्थिक समृद्धिको पाटो व्यापार व्यवसाय भएकाले टीकापुर उद्योग वाणिज्य सङ्घले व्यापारीलाई ब्याज मिनाहाको माग गर्दै आएको छ । वाणिज्य सङ्घले घरभाडा छुट दिने घरधनीको नाम सार्वजनिक गर्ने, विभिन्न चरणमा बैंक तथा वित्तीय संस्थासँग समन्वय गर्ने कार्य गरेको टीकापुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष रामबहादुर भण्डारीले बताउनुभयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]