१९ फाल्गुण २०८२, बुधबार
04-03-2026 , Wed
×

गायिका सोफियालाई ज्यानको धम्की

Logo
प्रकाशित बिहिबार, साउन ०८, २०७७

न्यूजमधेश सम्बादाता
काठमाडौं ,८ श्रावण। तीजमा व्रत नबसौं, महिला पुरुष दुबै बराबरी भएकाले खुट्टाको पानीसमेत नखायौं भन्दै गीत ल्याएकी गायिका सोफिया थापा यतिबेला विवादमा छिन् ।

उनले दर नखाने, रंगीविरंगी चुरा, सारी, गहना नलगाउन पनि यो गीतमा आह्वान गरेकी छन् । तीजमा व्रत बस्नु सांस्कृतिक मात्र नभएर वैज्ञानिक कारणसमेत भएको बताउने महिलादेखि हिन्दूवादी संस्थाहरूले उनको यो गीतको अहिले विरोध गरेका छन् ।

यो गीतको भिडियो विदेशी पहिरनमा सजिएर, विदेशी शैलीको नृत्य प्रस्तुतसहित तयार गरिएको छ । गीत गर्दै ‘अबको तीज नो नाचगान प्जिल’ भनेर तीजको नृत्यकै विरोधमा तीज गीत ल्याएको र तीज संस्कृतिमाथि प्रहार गरेको भन्दै उनको यो गीतको विरोध भएको हो ।

यो गीत आएसँगै आफूलाई हिन्दूवादी संस्थामा आबद्ध विभिन्न व्यक्तिहरूले ज्यान मार्ने धम्की दिएको गायिका थापाले बताएकी छन् । आफूलाई फोनमा विभिन्न व्यक्तिहरूले र विभिन्न संंस्थाका पदाधिकारीहरूले धम्की दिएपछि उनीहरूविरुद्ध प्रहरीमा उजुरी दिएको गायिका सोफिया थापाले बताएकी छन् । उनले आफ्नो ज्यानको सुरक्षाको माग पनि प्रहरीमा गरेकी छन् ।

उनको यो गीत युट्युब च्यानलबाट हटाउन माग गरिएको छ । गीतको रचना र संगीत पनि सोफियाकै हो । आफूले लैंगिक विभेदण्विरुद्ध जनचेतना जगाउन यो गीत ल्याएको पनि उनले बताएकी छन् । आफूले कुनै गल्ती नगरेकाले गीतलाई युट्युबबाट नहटाउने उनले बताएकी छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]