१६ आषाढ २०८२, मंगलबार
01-07-2025 , Tue
×

गायिका सोफियालाई ज्यानको धम्की

Logo
प्रकाशित बिहिबार, साउन ०८, २०७७

न्यूजमधेश सम्बादाता
काठमाडौं ,८ श्रावण। तीजमा व्रत नबसौं, महिला पुरुष दुबै बराबरी भएकाले खुट्टाको पानीसमेत नखायौं भन्दै गीत ल्याएकी गायिका सोफिया थापा यतिबेला विवादमा छिन् ।

उनले दर नखाने, रंगीविरंगी चुरा, सारी, गहना नलगाउन पनि यो गीतमा आह्वान गरेकी छन् । तीजमा व्रत बस्नु सांस्कृतिक मात्र नभएर वैज्ञानिक कारणसमेत भएको बताउने महिलादेखि हिन्दूवादी संस्थाहरूले उनको यो गीतको अहिले विरोध गरेका छन् ।

यो गीतको भिडियो विदेशी पहिरनमा सजिएर, विदेशी शैलीको नृत्य प्रस्तुतसहित तयार गरिएको छ । गीत गर्दै ‘अबको तीज नो नाचगान प्जिल’ भनेर तीजको नृत्यकै विरोधमा तीज गीत ल्याएको र तीज संस्कृतिमाथि प्रहार गरेको भन्दै उनको यो गीतको विरोध भएको हो ।

यो गीत आएसँगै आफूलाई हिन्दूवादी संस्थामा आबद्ध विभिन्न व्यक्तिहरूले ज्यान मार्ने धम्की दिएको गायिका थापाले बताएकी छन् । आफूलाई फोनमा विभिन्न व्यक्तिहरूले र विभिन्न संंस्थाका पदाधिकारीहरूले धम्की दिएपछि उनीहरूविरुद्ध प्रहरीमा उजुरी दिएको गायिका सोफिया थापाले बताएकी छन् । उनले आफ्नो ज्यानको सुरक्षाको माग पनि प्रहरीमा गरेकी छन् ।

उनको यो गीत युट्युब च्यानलबाट हटाउन माग गरिएको छ । गीतको रचना र संगीत पनि सोफियाकै हो । आफूले लैंगिक विभेदण्विरुद्ध जनचेतना जगाउन यो गीत ल्याएको पनि उनले बताएकी छन् । आफूले कुनै गल्ती नगरेकाले गीतलाई युट्युबबाट नहटाउने उनले बताएकी छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा, औरही — औरही गाउँपालिकाले प्रत्येक आर्थिक वर्षमा दर्जनौं मोबाइल फोनहरू खरिद गरी जनताको करको पैसा अनावश्यक रूपमा खर्च गर्दै आएको तथ्य सार्वजनिक भएको छ। हालै सार्वजनिक भएको आर्थिक वर्ष २०८०/८१ को महालेखा परीक्षण प्रतिवेदनअनुसार गाउँपालिकाले ७ थान मोबाइल फोन खरिदमा ७,३०,२०९ रुपैयाँ खर्च गरेको देखिन्छ, जुन स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र आर्थिक कार्यविधि […]

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]