१५ जेठ २०८३, शनिबार
30-05-2026 , Sat
×

आजदेखि राजविराजमा अनिश्चितकालिन निषेधाज्ञा जारी

Logo
प्रकाशित बिहिबार, साउन ०८, २०७७

एम के माझी
सप्तरी,८ श्रावण । दैनिक संक्रमित फेला पर्दै गई कोरोना समुदायमा फैलिने सम्भावना बढ्दै गएपछि स्थानिय प्रशासनले राजविराज नगरपालिका क्षेत्रमा बिहीबारदेखि अनिश्चितकालिन निषेधाज्ञा जारि गरेको छ ।

बुधबार प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यको अध्यक्षतामा बसेको जिल्ला सुरक्षा समितिको बैठकले बिहीबार बिहान ५ बजेदेखि नगरक्षेत्रमा निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।

उक्त आदेशको उलंघन गर्ने व्यक्तिलाई कानुन बमोजिम कारवाही गरिने समेत एक सूचना मार्फत जानकारी गराइएको छ । बैठकपछि जारि गरिएको निषेधाज्ञा बारे सूचनामा राजविराज नगरपालिकामा कोरोना संक्रमणले एक जनाको मृत्यु तथा हालसम्म ४ सय ४ जनामा संक्रमण देखिएकाले समुदायमा कोरोना फैलिन नदिन निषेधाज्ञा जारी गरिएको उल्लेख गरिएको छ ।

स्थानिय प्रशासन ऐन २०२८ को दफा ६(३) र संक्रमक रोग ऐन २०२० को दफा २ बमोजिम राजविराज नगरपालिका भरी जारी निषेधाज्ञाको पालना गर्न समेत सूचना मार्फत आग्रह गरिएको छ । यस अवधीमा अत्यावश्यक सेवा बाहेकका अन्य सेवा स्थालहरुमा अनावश्यक आवतजावत, हिडडुल नगर्न समेत सचेत गराइएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]