०६ चैत्र २०८२, शनिबार
21-03-2026 , Sat
×

पुल नहुँदा स्थानीयलाई सास्ती

Logo
प्रकाशित आइतबार, साउन ११, २०७७

न्यूजमधेश सम्बादाता
सर्लाही ,११ श्रावण । हुलाकी सडकअन्तर्गत जिल्लाको ब्रम्हपुरी गाउँपालिका र मलङ्गवा नगरपालिकाको मध्यभाग भएर बग्ने सखुअवा खोलामा पक्की पुल नहुँदा सर्वसाधारण समस्यामा परेका छन् ।

हिउँदको समयमा खोलामा पानी नहुने भए पनि वर्षायाम शुरु भएपछि खोला वारपार गर्नुपर्दा जोखिमपूर्ण तवरले बाँसको कच्ची पुल बनाएर खोला तर्नुपर्ने बाध्यताका कारण सो क्षेत्रका स्थानीयवासी मारमा परेका हुन् । सो हुलाकी सडक भएर आवतजावत गर्ने यात्रु स्थानीयवासीले बनाएको बाँसको अस्थायी पुलबाट रकम तिरेर खोला तर्न बाध्य भएको स्थानीयवासी रामकरण महतो बताउनुभयो ।

सखुअवा टोलका केही स्थानीय युवाले सो कम्ची अस्थायी पुलबाट साइकल तारेको प्रतिसाइकल रु ५० र मोटरसाइकल तारेको रु १५० असुल्दै गरेको स्थानीयवासीको भनाइ छ ।

निर्माण शुरु गरेको वर्षौँ भए पनि ठेकेदारको लापरवाही तथा ढिलासुस्तीका कारण अहिलेसम्म निर्माण सम्पन्न नभएको हो । बाँसको टेको र बाँसकै भाटा प्रयोग गरेर बनाइएको उक्त पुल अत्यन्तै कमजोर र साँघुरो भए पनि सो क्षेत्रका स्थानीय बासिन्दा तथा यात्रुलाई साइकल तथा मोटरसाइल लिएर वारपार गर्न बाध्य भएका छन् ।

अहिले बाँसका यस्ता अस्थायी पुल बाढीले कटान गरेका जिल्लाका दर्जनौँ स्थानका खोलामा बनाइएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]