१३ फाल्गुण २०८२, बिहिबार
26-02-2026 , Thu
×

परियोजनाको जग्गा अतिक्रमणः ८० घरटहरा भत्कायो

Logo
प्रकाशित सोमबार, साउन १२, २०७७

न्यूजमधेश सम्बादाता
सर्लाही ,१२ श्रावण । सागरनाथ वन विकास परियोजनाका क्षेत्रमा अवैध रुपमा बनाइएका घरटहरा भत्काइएको छ ।

परियोजनाको नेतृत्वमा सर्लाहीकोे वाग्मती नगरपालिका–५ टेकानीस्थित अवैध रुपमा बनाएको ८० घरटहरा आइतबार भत्काएको हो ।

परियोजनाको जमिनमा छरपस्ट रुपमा घर बनाइ बसेका सुकुम्वासीलाई वाग्मती नगरपालिका– ४ जिरायत र वडा नं ५ टेकानीमा एकत्रित बस्ती बनाएर राख्ने सहमति भएको थियो । परियोजनाको सहमतिमा वाग्मती नगरपालिकाले नगरभित्र जग्गा नभएका सुकुम्वासी परिवारलाई १८ धुरको दरले घडेरी वितरण गरेको थियो । सो क्षेत्रमा हाल ३०० सुकुम्वासी परिवारले घर बनाएर बसोवास गर्दै आएका छन् ।

परियोजनाले उक्त क्षेत्रको खाली जमिनमा गत वर्ष साउनमा बनाइएको घर छाडेर तारबार गरी मसला, टिक र अमलाको बिरुवा रापेको सागरनाथ वन विकास परियोजनाका प्रमुख जीतेन्द्र कर्माचार्यले जानकारी दिनुभयो । व्यवस्थित रुपमा राखेपछि पनि बिरुवा रोपेको जमिनमासमेत केही दिनयता स्थानीयवासीले आफूखुशी वनको जमिन अतिक्रमण गरी घर बनाउने र बालीनाली लगाउने गरिरहेका थिए ।

यसरी वनको जग्गा व्यापक रुपमा अतिक्रमणमा परेपछि आफ्नो स्वामित्वमा रहेको जमिनमा बनाएको घरटहरा भत्काउनु परेको प्रमुख कर्माचार्यले बताउनुभयो । जनप्रतिनिधिको मिलेमतोमा रातारात अन्यत्र घरजग्गा भएकाले जग्गा ओगट्ने नियतले घर टहरा बनाउने तर बसोवास नगरेको भन्ने सूचनाको आधारमा भर्खरै बनेका घर टहरा भत्काइ जमिन खाली गरिएको परियोजनाले जनाएको छ ।

उक्त खाली गरिएको जमिनमा चाँडै वृक्षरोपण गरिने परियोजना प्रमुख कर्मचार्यले बताउनुभयो । तर आफ्नो स्वार्थ पूरा गर्न केही राजनीतिक दलका नेता कार्यकर्ताले पटक–पटक बस्ती बसाउने बहानामा आफूखुशी जग्गा वितरण गरी घर टहरा बनाउन लगाएको स्थानीयवासीले बताएका छन् । यसरी जग्गा वितरण गर्दा जनप्रतिनिधिले आफ्नो नातेदार छान्नुका साथै कतिपयसँग पैसा लिएर जग्गा दिने गरेको वाग्मती नगरपालिका– ५ का स्थानीयवासीको गुनासो छ ।

वाग्मती नगरपालिका–५ का वडाध्यक्ष कृष्णबहादुर वाइवाले सुकुम्वासीलाई जग्गा वितरण गर्ने क्रममा आर्थिक चलखेल नभएको र वास्तविक सुकुम्वासी पहिचान गरी प्रत्येक घरपरिवारलाई १८ धुर जग्गा वितरण गरिएको दाबी गर्नुभयो । सर्लाही, रौतहट र महोत्तरी गरी तीन जिल्लामा फैलिएको सागरनाथ वन विकास परियोजनाअन्तर्गत १३ हजार ५१२ हेक्टर क्षेत्रफल रहेको छ । जसको खाली जमिनमा सर्लाही, रौतहट, सिन्धुली र महोत्तरीमा घर भएका मानिस सो क्षेत्रमा सुकुम्वासी भन्दै जग्गा लिएर घर टहरा बनाएर बसेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]