२३ चैत्र २०८२, मंगलबार
07-04-2026 , Tue
×

सबै प्रदेशमा भारी बर्षा : बाढी, पहिरो र डुबानको खतरा, सतर्क रहन आग्रह

Logo
प्रकाशित मंगलबार, साउन १३, २०७७

न्यूजमधेश डेस्क
जनकपुरधाम , १३ श्रावण  । नेपालमा केहि दिनदेखि अलि मत्थर रहेको मनसुन आज (मंगलबार) देखि सक्रिय बनेको छ । न्यून चापीय रेखा नजिक भएसँगै नेपालमा भारी वर्षाको सम्भावना बढेको मौसमविदले बताएका छन् ।

हिजो सोमबार रातिदेखि नै देशका धेरै भू–भागमा वर्षाको मात्रा बढ्दै गएको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् राजु प्रधानाङ्गले बताएका छन् । उनका अनुसार सोमबार प्रदेश–१ का धेरै स्थानमा वर्षा भएको छ भने त्यहाँका एक–दुई ठाउँमा भारी वर्षा समेत भएको छ । यस्तै गण्डकी, सुदूरपश्चिम प्रदेशमा पनि सोमबार वर्षा भएको छ ।

मौसमविद प्रधानाङ्गले अहिले हुम्लातिर वर्षा शुरु भइसकेको जानकारी दिए । अहिले प्रदेश–१, काठमाडौं उपत्यकालगायत देशका केही स्थानमा वर्षा भइरहेको उनले जानकारी दिए । आज मंगलबार देखि वर्षाको मात्रा अझ बढ्ने मौसमविद्ले अनुमान गरेका छन् ।

मौसम पूर्वानुमान महाशाखाले मंगलबार बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार आज सातै प्रदेशका विभिन्न स्थानमा भारी वर्षा हुने सम्भावना छ ।

‘दिउँसो देशभर अधिकांश स्थानमा बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ,’ बुलेटिनमा भनिएको छ, ‘प्रदेश–१, प्रदेश–२, बागमती, गण्डकी र प्रदेश–५ का थोरै स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना छ ।’

यस्तै राति पनि देशभर अधिकांश बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । प्रदेश–१, प्रदेश–२, बागमती, गण्डकी, प्रदेश–५, र सुदूर पश्चिमका थोरै स्थानमा तथा कर्णाली प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

भारी बर्षाका कारण खोलानालामा पानीको सतह बढ्ने, पहाडमा पहिरो जाने र तराईका क्षेत्रमा डुबान हुन सक्ने भएकाले बेलैमा सचेतता अपनाउन मौसमविदले आग्रह गरेका छन् । यसअघि पहिरो गएका ठाउँहरुमा पुनः पहिरो जान सक्ने भएकाले सुरक्षित स्थानमा बस्न उनीहरुले आग्रह गरेका छन् ।

बुधबार र बिहीबार वर्षा अझ बढ्ने अनुमान गरिएको छ । महाशाखाको बुलेटिनअनुसार बुधबार र बिहीबार धेरै भारी वर्षा समेत हुने सम्भावना छ ।

कस्तो रहला आउँदा दुई दिनको मौसम ?
साउन १४ गते बुधबार
दिउँसो– देशभर अधिकांश बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । प्रदेश–१, प्रदेश २, बागमती, गण्डकी, प्रदेश ५, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ ।

राति – देशभर साधारणतयादेखि अधिकांश बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । गण्डकी, प्रदेश–५, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा र प्रदेश–१, प्रदेश–२, बागमती प्रदेशका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ ।

साउन १५ गते बिहीबार
दिउँसो –देशभर साधारणतयादेखि अधिकांश बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । प्रदेश–१, बागमती, गण्डकी, प्रदेश–५ र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ ।

राति – देशभर साधारणतयादेखि अधिकांश बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ भने गण्डकी, प्रदेश–५, र प्रदेश–१ का एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]