२१ बैशाख २०८१, शुक्रबार
03-05-2024 , Fri
×

सप्तरीमा मास्क नलगाउनेबाट १२ हजार असुल

Logo
प्रकाशित मंगलबार, साउन १३, २०७७

न्यूजमधेश सम्बादाता
जनकपुरधाम ,१३ श्रावण । मास्क नलगाई हिँड्नेलाई सप्तरी प्रशासनले आजदेखि कारवाही गर्न थालेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता तिलक भारतीका अनुसार आज राजविराज बजार क्षेत्रलगायत कञ्चनरुप, कल्याणपुर, शम्भुनाथ बजारबाट मास्क नलगाई हिँड्ने १२३ लाई नियन्त्रणमा लिइएको हो ।

हाट, बजार र पूर्व–पश्चिम राजमार्गबाट नियन्त्रणमा लिइएका १२३ जनाबाट प्रतिव्यक्ति रु १०० जरिवाना तिराएर छाड्ने गरेको जिल्ला प्रशासन कार्यालय, सप्तरीले जनाएको छ ।

जसबापत रु १२ हजार ३०० राजस्व सङ्कलन हुने प्रशासकीय अधिकृत आनन्द ठाकुरले बताउनुभयो । जिल्ला प्रशासन कार्यालय सप्तरीले आइतबार सूचना जारी गर्दै सार्वजनिक स्थानमा हिँडडुल गर्दा अनिवार्य मास्क लगाउन आग्रह गरेको थियो । सूचनामा मास्क नलगाउनेलाई कारवाही गर्ने चेतावनीसमेत दिइएको छ ।

मास्क नलगाई सार्वजनिकस्थलमा हिँडडुल गर्नेलाई दुई दिन सचेत गराइएपछि सरकारको निर्णय अवज्ञा गर्नेलाई आजदेखि नियन्त्रणमा लिई जरिवाना गरिएको जिल्ला प्रशासन कार्यालय सप्तरीले जनाएको छ ।

गल्ती गर्नेलाई कानूनअनुसार जरिवाना गरिए पनि कोरोना सङ्क्रमणको जोखिममा पु¥याउन नहुने भन्दै स्थानीय वुद्धिजीवीले मास्क नलगाउनेलाई नियन्त्रणमा लिनु अघि निसङ्क्रमण गर्ने, मास्क उपलब्ध गराउने बताएका छन् ।

नागरिक समाजका अध्यक्ष थानसिंह भन्सालीले सकभर यस्तो अवस्था नै आउन नदिनेतर्फ नागरिक स्वयं सचेत हुनुपर्ने भन्नुहुँदै नियन्त्रणमा लिइएकालाई अनिवार्य मास्क उपलब्ध गराउनुपर्ने बताउनुभयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम । मधेश सरकारको योजनाहरू खरिद विक्री हुने गरेको निष्कर्ष निकाल्दै जनमत पार्टीले विरोध गर्ने निर्णय गरेको छ । राष्ट्रिय अध्यक्ष डा. सीके राउतको उपस्थितिमा आज जनमत पार्टी मधेश प्रदेश संसदीय दलको बैठक बसेको थियो । उक्त बैठकले योजना खरिद विक्रीबारे सरकारको ध्यानाकर्षण र विरोध गर्ने गरिएको दलका नेता महेश प्रसाद यादवले जानकारी दिए । […]

जनकपुरधाम । जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले महोत्तरीको मटिहानीका आगलागी प्रभावित परिवारलाई ग्यास सिलिण्डर सहयोग गरेका छन् । आगलगी प्रभावित क्षेत्रको अवलोकन पुगेका जनमत अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य डा. राउतले सानो ग्यास सिलिन्डर वितरण गरेका हुन् । उनले १०८ प्रभावित परिवारलाई ५ किलोको ग्यास सिलिन्डर उपलब्ध गराएको मटिहानीका मेयर हरि प्रसाद मण्डलले जानकारी दिए । […]

जनकपुरधाम । जनमत पार्टी मधेस प्रदेश संसदीय दलको बैठक बस्न लागेको छ। जनकपुरधामको भानु चौकस्थित रहेको पार्टीको सचिवालयमा पार्टी अध्यक्ष डा.सीके राउतको उपस्थितिमा बैठक बस्न लागेका हुन् । आज बिहान ९ बजेको लागि मधेस प्रदेशका समसामयिक राजनीतिक विषय बस्तुमा छ्लफलको लागि बैठक बोलाएको पार्टीका राष्ट्रिय सचिव तथा प्रदेश सांसद संजय यादवले बताए ।