२१ आषाढ २०८२, आइतबार
06-07-2025 , Sun
×

थाल पिट्दै जनकपुरधाममा दलितको प्रर्दशन

Logo
प्रकाशित मंगलबार, साउन १३, २०७७

कैलाश दास
जनकपुरधाम, १३ श्रावण । आइसोलेसनमा छटपटिएर ज्यान गुमाएका राजु सदा र हिरासतमै मृत फेला परेका शम्भु सदाको न्यायका लागि जनकपुरधाममा थाली तथा सिटी जुलुस प्रदर्शन गरिएको छ ।

संयुक्त दलित संघर्ष समितिका संयोजक चन्देश्वर दासको नेतृत्वमा जनकपुरको  जनक चोकबाट निस्केको थाली तथा सिटी जुलुस शिव, भानु, कदम चोक हुँदै जिल्ला प्रशासन कार्यालय अगाडिमा केहि बेर  धर्नामा बसेपछी मुरली चौक ,राम चौक हुदै पूर्ण जनक चौकमा आएर कोण सभामा परिनत गरेको थियो ।

जनक चोकमा आयोजित कोणसभामा दलित समुदायका अगुवाले एक महिना बितिसक्दा पनि घटनाको छानबिन नभएको, दोषीलाई बचाउन खोजेको भन्दै विरोध जनाए । एक हप्ताभित्र प्रतिवेदन बुझाउने गरी छानबिन समिति बनाए पनि अहिलेसम्म छानबिन नभएको उनीहरूको भनाइ थियो । उनीहरूले दोषीलाई बचाउन खोजेको भन्दै सरकारविरुद्ध नाराबाजीसमेत गरेका थिए ।

दोषीलाई कारबाही नहुँदासम्म आन्दोलन जारी रहने संयुक्त दलित संघर्ष समिति धनुषाका संयोजक चन्देश्वर दासले बताए ।

दलित अधिकारकर्मी पचु माझिले भने अब  १५ साउनमा मृदंग बजाउने र पोस्टर टाँस्ने, प्रशासन कार्यालयअगाडि धर्ना दिने र १८ साउनमा प्रशासन कार्यालयअगाडि अनिश्चितकालीन रिले अनशन बस्नेलगायत आन्दोलनका कार्यक्रम रहेको छ  ।

गत असार ७  गते आइसोलेसनमै छटपिटएर धनुषाको हंसपुर नगरपालिकाका १६ वर्षीय राजु सदाको ज्यान गएको थियो ।यस्तै गत जेठ २७ गते मध्यरातिमा शम्भु सदा ईलाका प्रहरी कार्यालय सबैलामा  झुण्डिएको अवस्थामा  फेला परेका थिए । दलित अगुवाहरुले भने उनको हत्या भएको जिकिरसमेत गरेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]

सिराहा, औरही — औरही गाउँपालिकाले प्रत्येक आर्थिक वर्षमा दर्जनौं मोबाइल फोनहरू खरिद गरी जनताको करको पैसा अनावश्यक रूपमा खर्च गर्दै आएको तथ्य सार्वजनिक भएको छ। हालै सार्वजनिक भएको आर्थिक वर्ष २०८०/८१ को महालेखा परीक्षण प्रतिवेदनअनुसार गाउँपालिकाले ७ थान मोबाइल फोन खरिदमा ७,३०,२०९ रुपैयाँ खर्च गरेको देखिन्छ, जुन स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र आर्थिक कार्यविधि […]

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]