२० कार्तिक २०८२, बिहिबार
06-11-2025 , Thu
×

जनमत पार्टी सर्लाहीले संगठन विस्तारलाई निरन्तरता दिदै

Logo
प्रकाशित मंगलबार, साउन १३, २०७७

न्यूजमधेश सम्बादाता
सर्लाही,१३ श्रावन । डा सीके राउत नेतृत्वको जनमत पार्टी सर्लाहीले संगठन विस्तार अभियानलाई निरन्तरता दिएको छ ।

पार्टीले सर्लाहीका विभिन्न स्थानीय तह तथा वडाहरुमा संगठन विस्तार अभियानलाई निरन्तरता दिएको हो ।

सो क्रममा कविलासी नगरपालिका वडा नं ८ मा पार्टीले वडास्तरीय समिति गरेको छ ।मंगलबार बैजु साहको अध्यक्षतामा २० सदस्य वडा समिति विस्तार गरेको हो ।

कार्यक्रममा जनमत पार्टीका केन्द्रिय  सदस्य नरेश प्रसाद कुशवाहा ,जिल्ला इन्चार्ज रबिन्द्र साह, जिल्ला अध्यक्ष संजय कुमार सिंह ,राकेश राय , वरिष्ठनेतृत्व मण्डलीका सदस्य उपेन्द्र राउतलगाइतको नेता तथा कार्यकर्ताहरुको उपस्थितिमा संगठन विस्तार भएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]