११ चैत्र २०८२, बिहिबार
26-03-2026 , Thu
×

नेपाल सुन चाँदी व्यवसाय महासंघ सिरहामा शारडा निर्वाचित

Logo
प्रकाशित बुधबार, साउन १४, २०७७

मनोज बनैता
सिरहा, १४ श्रावण । नेपाल सुन-चाँदी व्यवसाय महासंघको सिरहा कार्यसमितिले ७औं साधारणसभा धुमधामको साथ सम्पन्न गरेको छ । साधारणसभाले अगामी कार्यकालको लागि सर्वसहमतीले ११ कार्यसमिति सदस्य चयन गरेका छन । प्राप्त जानकारी अनुसार लाहानका चर्चित युवा ब्यापारी बिकाश शारडा निर्विरोध अध्यक्ष पदमा निर्वाचित भएका छन ।

निर्वाचित शारडा लहान सिटि जेसिज का पुर्व अध्यक्ष , जिल्ला उद्योग बाणिज्य संघ लहान का कोषाध्यक्ष तथा नेपाल सुन चाँदी व्यवसाय महासंघ प्रदेश कार्य समिती का प्रदेश सदस्य समेत रहेका छन ।

सिटी जेसिज लाहान २०२० का अध्यक्ष वसन्त साहको अनुसार कलिलो उमेर देखि नै ब्यापारमा आफ्नो छुट्टै नाम सम्मान पाएका शारडा एक कुशल व्यवसायी, असल वक्ता तथा समाजसेवी पनि हुनुहुन्छ । साहले शारडा र उनको टिमलाई निर्विरोध जिताउने सम्पुर्ण सदस्यलाई धन्यवाद समेत दिएका छन । शारडाको स्वच्छ छविले गर्दा समाजिक संजालमा उनलाई बधाई दिनेको ओईरो लागेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]