२५ फाल्गुण २०८२, मंगलबार
10-03-2026 , Tue
×

प्रमुख सचेतक अरगरियाद्वारा सोनाई बाबा भजन किर्तन भवन उद्घाटन

Logo
प्रकाशित बुधबार, साउन १४, २०७७

गोबिन्द ठाकुर
जनकपुरधाम ,१४ श्रावण । धनुषाको औरही गाउपालिका वडा नं ५ हरुसाहामा स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गत १० लाखको लागतमा सोनाई बाबा भजन किर्तन मण्डली भवन र घेरबेरा  बनाई आज एक कार्यक्रमका बिच उद्घाटन गरेको छ।

कार्यक्रमका प्रमुख अतिथि जनता समाजवादी पार्टीका प्रमुख सचेतक एवम् धनुषा निर्वाचन क्षेत्र नं २ का प्रतिनिधि सभा सदस्य माननीय उमाशंकर अरगरियाले आज एक कार्यक्रम विच भवनको रिवन काटेर उद्घाटन गर्नुभएको हो।

यस अघि भजन किर्तन व्यक्तिको घरमा गरिदै आएको र व्यक्तिको घरमा भजन गर्दा धेरैनै नकारात्मक टिक्काटिपणी भएको दुख पोख्दै आज सांसद अरगरियाले भवन बनाएर सम्पुर्ण गाउँबासी धार्मिक आस्था राख्ने जनतालाई खुसी प्रदान गर्नु भएको छ ।

सो कार्यक्रममा जसपाका औरही गाउपालिका प्रमुख कमल देव मण्डल ,युवा नेता बिनोद रोहिता ,प्रमोद अधिकारि ,समाजसेवी सरोज मण्डल ,हबिब मन्सुरी लगायतका उपस्थिति रहेको थियो ।

उपभोक्ता समितिको अध्यक्ष हरि शंकर मण्डलको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]