२३ बैशाख २०८१, आइतबार
05-05-2024 , Sun
×

प्रमुख सचेतक अरगरियाद्वारा सोनाई बाबा भजन किर्तन भवन उद्घाटन

Logo
प्रकाशित बुधबार, साउन १४, २०७७

गोबिन्द ठाकुर
जनकपुरधाम ,१४ श्रावण । धनुषाको औरही गाउपालिका वडा नं ५ हरुसाहामा स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गत १० लाखको लागतमा सोनाई बाबा भजन किर्तन मण्डली भवन र घेरबेरा  बनाई आज एक कार्यक्रमका बिच उद्घाटन गरेको छ।

कार्यक्रमका प्रमुख अतिथि जनता समाजवादी पार्टीका प्रमुख सचेतक एवम् धनुषा निर्वाचन क्षेत्र नं २ का प्रतिनिधि सभा सदस्य माननीय उमाशंकर अरगरियाले आज एक कार्यक्रम विच भवनको रिवन काटेर उद्घाटन गर्नुभएको हो।

यस अघि भजन किर्तन व्यक्तिको घरमा गरिदै आएको र व्यक्तिको घरमा भजन गर्दा धेरैनै नकारात्मक टिक्काटिपणी भएको दुख पोख्दै आज सांसद अरगरियाले भवन बनाएर सम्पुर्ण गाउँबासी धार्मिक आस्था राख्ने जनतालाई खुसी प्रदान गर्नु भएको छ ।

सो कार्यक्रममा जसपाका औरही गाउपालिका प्रमुख कमल देव मण्डल ,युवा नेता बिनोद रोहिता ,प्रमोद अधिकारि ,समाजसेवी सरोज मण्डल ,हबिब मन्सुरी लगायतका उपस्थिति रहेको थियो ।

उपभोक्ता समितिको अध्यक्ष हरि शंकर मण्डलको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । जापानी विदेशमन्त्री योको कामिकावा नेपाल आइपुगेकी छन् । उनी केहीबेरअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएकी हुन् । उनी श्रीलंकाको दुई दिने भ्रमण सकेर नेपाल आएकी हुन् । उनलाई परराष्ट्र मन्त्रालयका अधिकारीले स्वागत गरे । उनी वैशाख १४ मा नै विदेश भ्रमणमा निस्किसकेकी छिन् । वैशाख १४-२४ सम्म माडागास्कर, आइभोरी कोस्ट, नाइजेरिया, फ्रान्स, श्रीलंका र […]

सिरहा । छिमेकी राष्ट्र भारतको विहार राज्यमा हुने लोकसभा निर्वाचनलाई दृष्टिगत गरी नेपाल-भारत सीमा नाका आठ दिन बन्द गरिने भएको छ । विहारको मधुवनी जिल्लामा २५ वैशाख र ७ जेठमा गरी दुई चरणमा निर्वाचन हुँदैछ । जिल्ला प्रशासन कार्यालय सिरहाका अनुसार निर्वाचनको ७२ घण्टा पहिले सीमा नाका बन्द गर्नुपर्ने भएकाले पहिलो चरणको निर्वाचनका लागि शनिबार […]

सर्लाही । सर्लाहीको विष्णु गाउँपालिकास्थित बाराउद्योरण गाउँका आगलागीपीडितलाई सशस्त्र प्रहरीले राहत सामग्री वितरण गरेको छ । आज विष्णु गाउँपालिका-१, बाराउद्योरणस्थित सशस्त्र प्रहरीको बेस क्याम्पमा औपचारिक कार्यक्रम गरी राहत सामग्री वितरण गरेको हो । सशस्त्र प्रहरी बल नेपाल नं २ छिन्नमस्ता वाहिनी मुख्यालय महोत्तरीले आगलागीपीडित ५० परिवारलाई राहत सामग्री प्रदान गरेको हो । वाहिनीपति एवं सशस्त्र […]