०५ कार्तिक २०८२, बुधबार
22-10-2025 , Wed
×

पिसिआर टेस्टको दायरा फराकिलो गर सरकार : युवा नेता रोहिता

Logo
प्रकाशित बिहिबार, साउन १५, २०७७

मनोज बनैता
सिरहा, १५ श्रावण ।
जनता समाजवादी पार्टीका नेता विनोद रोहिताले धनुषाको शहिदनगर नगरपालिका भित्र पिसिआर टेस्टको दायरा फराकिलो गर्न जोडदार माग गरेको छ । रोहिताले आफ्नो जन्मभूमि पर्ने शहिद नगरपालिकाका मेयरलाई घर घरमा स्वास्थ परिक्षणमा लाग्न अनुरोध गरेका छन ।

नेता रोहिताले पुनः लकडाउन घोषणा गर्न समेत प्रदेश सरकारसँग माग गरेका छन । प्रदेशमा दिनप्रतिदिन कोरोना संक्रमित थपिदैं गएकोले सम्भावित क्षति रोक्न प्रदेश सरकार र स्थानीय सरकारले चासो देखाउनुपर्ने उनको भनाई रहेको छ ।

शहिदनगर नगरपालिकाकाको ३६ वर्षिय पुरुषको कोरोना संक्रमणवाट मृत्यु भएपछि शहिदनगरका जनता त्रसित बनेको रोहिताको भनाई छ । भेन्टिलेटरको अभावकै कारण उनको मृत्यु हुनु दु:खद हो भन्दै प्रदेश सरकारले अविलम्ब भेन्टिलेटरको व्यवस्था गर्नुपर्ने उनको माग रहेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]

सिराहा, औरही — औरही गाउँपालिकाले प्रत्येक आर्थिक वर्षमा दर्जनौं मोबाइल फोनहरू खरिद गरी जनताको करको पैसा अनावश्यक रूपमा खर्च गर्दै आएको तथ्य सार्वजनिक भएको छ। हालै सार्वजनिक भएको आर्थिक वर्ष २०८०/८१ को महालेखा परीक्षण प्रतिवेदनअनुसार गाउँपालिकाले ७ थान मोबाइल फोन खरिदमा ७,३०,२०९ रुपैयाँ खर्च गरेको देखिन्छ, जुन स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र आर्थिक कार्यविधि […]