१६ पुष २०८२, बिहिबार
01-01-2026 , Thu
×

महोत्तरीको जलेश्वर नगरपालिका अनिश्चितकालका लागि बन्द

Logo
प्रकाशित बिहिबार, साउन १५, २०७७

न्यूजमधेश डेस्क
जलेश्वर ,१५ श्रावण । महोत्तरीको जलेश्वर नगरपालिका आजदेखि अनिश्चितकालका लागि बन्द भएको छ । प्रमुख प्रशासकीय अधिकृत रामुराज कडरियाले आज एक सूचना प्रकाशित गर्दै कोरोना भाइरसको सङ्क्रमणको रोकथाम तथा नियन्त्रणका लागि आजबाट अर्को सूचना नहुञ्जेलसम्मका लागि जलेश्वर नगरपालिका बन्द गरिएको जनाउनुभएको छ ।

उहाँले अति आवश्यक कामबाहेक आजदेखि जलेश्वर नगरपालिकाको सम्पूर्ण कामकाज अनिश्चितका लागि बन्द रहने सूचनामा उल्लेख गर्नुभएको छ ।

साथै विश्वभरि महामारीका रूपमा फैलिएको कोरोनाको उच्च जोखिममा रहेका जलेश्वर नगरवासीलाई सतर्कता अपनाइ नगरपालिकालाई सहयोग गर्न अपिलसमेत गर्नुभएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]