२७ माघ २०८२, मंगलबार
10-02-2026 , Tue
×

वीरगञ्जका मेयर विजय सरावगीलाई कोरोना संक्रमण पुष्टि

Logo
प्रकाशित बिहिबार, साउन १५, २०७७

न्यूजमधेश डेस्क
जनकपुरधाम ,१५ श्रावण ।पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिकाका मेयर विजय सरावगीलाई कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि काठमाडौं आएका उनको स्वाब परीक्षण गर्दा कोरोना पुष्टि भएको हो ।

बिहीबार उनको रिपोर्ट पोजेटिभ देखिएको हो। उनी हाल आफ्नै निवास टंगालमा होम आइसोलेसनमा बसिरहेको उनका प्रेस सल्लाहकार गोविन्द देवकोटाले जानकारी दिए।

सरावगीले आफ्नो फेसबुकमा पनि आफू संक्रमित भएको जानकारी गराएका छन्।

उनले फेसबुकमा नागरिकको सेवामा जुटिरहँदा आफूलाई संक्रमण भएको भन्दै सचेत रहन आग्रह पनि गरेका छन्।

उनले अब कोरोना नियन्त्रण स्थानीय सरकारको पहलले मात्र नहुने भन्दै वीरगञ्जवासीको जीवन रक्षाको लागि संघीय र प्रदेश सरकारले तत्काल ठोस योजनाका साथ अघि बढन आग्रह गरेका छन् ।

उनले फेसबुकमा यस्तो लेखेका छन ।

आदरणीय दाजु भाई तथा दिदी बहिनीहरु ।

विगत पाँच महिनादेखि कोरोना भाइरसको संक्रमणबाट वीरगंजवासीलाई बचाउन मैले हर सम्भव प्रयासहरु गरेँ।

संघीय र प्रदेश सरकारको दायित्व अन्तरगत रहेको क्वारेन्टिन, आइसोलेशन सेन्टर, कोभिड अस्पतालको व्यवस्थापन र संचालनको जिम्मेवारी ती निकायहरुले नलिएपछि मैले नै लिएर नागरिकको जीवन रक्षाको लागि अथक प्रयत्न गरेँ।

वीरगंजलाई बचाउन पीसीआर मेसिन, परीक्षणका लागि आवश्यक पर्ने किटहरुको समेत व्यवस्थापन गरेँ ।

क्वारेन्टिन, आइसोलेशन र कोभिड अस्पतालमा रहेका संक्रमितहरुसहित अस्पतालमा कार्यरत डाक्टर, स्वास्थ्यकर्मी र सफाईकर्मीको खाना र बस्नेको व्यवस्था मिलाएँ। वीरगंजलाई ग्रीन जोन बनाउने उद्देश्यका साथ एकघर एक परीक्षणको अभियान संचालन गर्ने भनिएता पनि त्यसको कार्यान्वयन समयमा हुन नसक्दा वीरगंजमा कोरोना संक्रमण समुदाय स्तरमा फैलिसकेको रहेछ ।

तपाँहरुको सेवामा अनवरत रुपमा लाग्दा लाग्दै म स्वयं कोरोनाको संक्रमणको चपेटामा परेको छु । म अहिले उपचारार्थ छु, मेरो स्वास्थ्य अवस्था सामान्य छ । मैले छिट्टै नै कोरोनालाई जित्ने छु ।

पछिल्लो पटक कोरोना संक्रमणबाट वीरगंज आक्रान्त बनेको छ, वीरगंजलाई बचाउन अग्रमोर्चामा रहनु हुने स्वास्थ्कर्मी, महानगरपालिकाका जनप्रतिनिधि, कर्मचारी, नागरिक समाज, संचारकर्मी, विभिन्न राजनीतिक दल, स्थानीय प्रशासन र सुरक्षाकर्मीको प्रयासलाई धन्यवाद दिन चाहन्छु ।

अब स्थानीय स्तरबाट मात्र कोरोना नियन्त्रण गर्ने अवस्था देखिदैन तसर्थ वीरगंजवासी दाजुभाइ, दिदी(बहिनीको जीवन रक्षाको लागि संघीय र प्रदेश सरकारले तत्काल ठोस योजनाका साथ अघि बढन आग्रह गर्दछु ।

साथै कोरोना संक्रमणको यो घडीमा आफूलाई संयमित राख्न र नेपाल सरकारले तोकेको मापदण्ड पालना गर्न सम्पूर्ण महानगरवासी दाजु भाई( दिदी बहिनीमा अपिल गर्दछु । कोभिड १९ का विरुद्ध महानगरपालिकाले लिएका नीतिप्रति साथ सहयोग दिनुहुने सम्पूर्ण महानुभावप्रति हार्दिक नमन । मैले कोरोना संक्रमणको लडाइँ जितेर पुनस् तपाइँको सेवामा आउने प्रतिवद्धता जाहेर गर्दछु ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]