२१ बैशाख २०८१, शुक्रबार
03-05-2024 , Fri
×

लागुऔषध ब्राउनसुगरसहित दुई भारतीय पक्राउ

Logo
प्रकाशित आइतबार, साउन १८, २०७७

न्यूजमधेश सम्बादाता
कञ्चनपुर,१८ श्रावण । लागुऔषध ब्राउनसुगरसहित कञ्चनपुरको बेलौरी नगरपालिका–१० सडकघाटबाट प्रहरीले दुईजना भारतीय नागरिकलाई आज पक्राउ गरेको छ ।

नेपाल प्रहरीको क्षेत्रीय अनुसन्धान टिम आरआइटीले २२ दशमलव ९० ग्राम ब्राउनसुगरसहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको हो ।

भारतबाट नेपालमा बेच्नका लागि ल्याइएको ब्राउनसुगरसहित भारतको पिलिभित कम्पोजनगर पतैयाका गोविन्द सिंह र राजवीर सिंहलाई पक्राउ गरिएको आरआइटीका प्रहरी सहायक निरीक्षक पदम थापाले बताउनुभयो ।

पक्राउ गरिएका दुवै जनालाई इलाका प्रहरी कार्यालय बेलडाँडीमा राखिएको छ । पक्राउ परेका दुवै जनालाई हिरासतमा राखी प्रहरीले अनुसन्धानको कार्य अगाडि बढाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम । मधेश प्रदेशका लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) सांसद अभिराम शर्मा निलम्बनमा परेका छन् । सशस्त्र प्रहरीका असई थमन विकको हत्या प्रकरणमा अदालतबाट जन्मकैद सजाय पाएका शर्मालाई आज प्रदेशसभाले सांसद पदबाट निलम्बन गरेको हो । जिल्ला अदालत महोत्तरीले असई विकको हत्या प्रकरणमा दोषी ठहर गर्दै सांसद शर्मासहित ७ जनालाई ०८० मंसिर २८ मा जन्मकैदको सजाय […]

जनकपुरधाम । मधेश सरकारको योजनाहरू खरिद विक्री हुने गरेको निष्कर्ष निकाल्दै जनमत पार्टीले विरोध गर्ने निर्णय गरेको छ । राष्ट्रिय अध्यक्ष डा. सीके राउतको उपस्थितिमा आज जनमत पार्टी मधेश प्रदेश संसदीय दलको बैठक बसेको थियो । उक्त बैठकले योजना खरिद विक्रीबारे सरकारको ध्यानाकर्षण र विरोध गर्ने गरिएको दलका नेता महेश प्रसाद यादवले जानकारी दिए । […]

जनकपुरधाम । जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले महोत्तरीको मटिहानीका आगलागी प्रभावित परिवारलाई ग्यास सिलिण्डर सहयोग गरेका छन् । आगलगी प्रभावित क्षेत्रको अवलोकन पुगेका जनमत अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य डा. राउतले सानो ग्यास सिलिन्डर वितरण गरेका हुन् । उनले १०८ प्रभावित परिवारलाई ५ किलोको ग्यास सिलिन्डर उपलब्ध गराएको मटिहानीका मेयर हरि प्रसाद मण्डलले जानकारी दिए । […]