१३ फाल्गुण २०८२, बिहिबार
26-02-2026 , Thu
×

विभिन्न मुलुकमा अलपत्र रहेका ११ सय ७२ जना नेपाली स्वदेश फर्किए

Logo
प्रकाशित आइतबार, साउन १८, २०७७

न्यूजमधेश सम्बादाता
काठमाडौं,१८ श्रावण । विभिन्न मुलुकमा अलपत्र रहेका   ११ सय ७२ जना नेपाली स्वदेश फर्किएका छन् । आज एकै दिन क्वालालम्पुरबाट १४ र दोहाबाट चार गरी १८ शव पनि नेपाल ल्याइएको छ ।

कोभिड–१९ महामारीका कारण विदेशमा अलपत्र परेका नेपालीको विभिन्न एयरलाइन्सले उद्धार चार्टर्ड उडानमार्फत उनीहरुलाई स्वदेश फर्काएका हुन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज आवागमन र प्रस्थान दुवै गरी १३ अन्तर्राष्ट्रिय चार्टर्ड उडान भएका छन् ।

नेपाल एयरलाइन्सले दोहाबाट १५० यात्रु र चार शव, क्वालालम्पुरबाट २५२ यात्रु, दुई बच्चा र १४ शव नेपाल ल्याएको छ । सोही एयरलाइन्स थप नेपालीको उद्धारका लागि दुबई र जेदाह प्रस्थान गरेको विमानस्थलले जनाएको छ ।

हिमालय एयरलाइन्सले अबुधाबीबाट १५४ यात्रु काठमाडौँ ल्याएको छ । थप नेपाली ल्याउन हिमालयको जहाज अबुधाबी, क्वालालम्पुर र चीनको कुनमिङ उडेको छ ।त्यस्तै मालिन्दो एयरले क्वालालम्पुरबाट १७० नेपाली काठमाडौँ ल्याएको छ । फ्लाई दुबईले दुबईबाट १५२ यात्रु ल्याएको छ ।

कतार एयरवेजले दोहाबाट १३९ यात्रु नेपाल ल्याएको छ । एयर अरेबियाले सारजाहाबाट १६५ यात्रु काठमाडौँ ल्याएको विमानस्थल कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । सोमबार पनि विभिन्न एयरलाइन्सका १० वटा चार्टर्ड उडान हुने विमानस्थलको तालिका छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]