१७ बैशाख २०८१, सोमबार
29-04-2024 , Mon
×

विभिन्न मुलुकमा अलपत्र रहेका ११ सय ७२ जना नेपाली स्वदेश फर्किए

Logo
प्रकाशित आइतबार, साउन १८, २०७७

न्यूजमधेश सम्बादाता
काठमाडौं,१८ श्रावण । विभिन्न मुलुकमा अलपत्र रहेका   ११ सय ७२ जना नेपाली स्वदेश फर्किएका छन् । आज एकै दिन क्वालालम्पुरबाट १४ र दोहाबाट चार गरी १८ शव पनि नेपाल ल्याइएको छ ।

कोभिड–१९ महामारीका कारण विदेशमा अलपत्र परेका नेपालीको विभिन्न एयरलाइन्सले उद्धार चार्टर्ड उडानमार्फत उनीहरुलाई स्वदेश फर्काएका हुन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज आवागमन र प्रस्थान दुवै गरी १३ अन्तर्राष्ट्रिय चार्टर्ड उडान भएका छन् ।

नेपाल एयरलाइन्सले दोहाबाट १५० यात्रु र चार शव, क्वालालम्पुरबाट २५२ यात्रु, दुई बच्चा र १४ शव नेपाल ल्याएको छ । सोही एयरलाइन्स थप नेपालीको उद्धारका लागि दुबई र जेदाह प्रस्थान गरेको विमानस्थलले जनाएको छ ।

हिमालय एयरलाइन्सले अबुधाबीबाट १५४ यात्रु काठमाडौँ ल्याएको छ । थप नेपाली ल्याउन हिमालयको जहाज अबुधाबी, क्वालालम्पुर र चीनको कुनमिङ उडेको छ ।त्यस्तै मालिन्दो एयरले क्वालालम्पुरबाट १७० नेपाली काठमाडौँ ल्याएको छ । फ्लाई दुबईले दुबईबाट १५२ यात्रु ल्याएको छ ।

कतार एयरवेजले दोहाबाट १३९ यात्रु नेपाल ल्याएको छ । एयर अरेबियाले सारजाहाबाट १६५ यात्रु काठमाडौँ ल्याएको विमानस्थल कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । सोमबार पनि विभिन्न एयरलाइन्सका १० वटा चार्टर्ड उडान हुने विमानस्थलको तालिका छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम । मधेश प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री गोविन्दबहादुर न्यौपानेले मधेशमा रहेका मुक्त हरवाचरवाहरूलाई उद्यमशील बनाउने नीति तथा कार्यक्रम आवश्यक रहेका बताउनुभएको छ । राष्ट्रिय हरवाचरवा अधिकार मञ्चको तेस्रो राष्ट्रिय सम्मेलनको शुक्रबार जनकपुरधाममा उद्घाटन गर्नुहुँदै मन्त्री न्यौपानेले हरवाचरवाको आवश्यकता पहिचान गरी दीर्घकालीन समस्या समाधान हुने गरी उद्यमशीलतामा जोड दिनुपर्ने बताउनुभयो । “तपाईहरूले मुक्त […]

जनकपुरधाम । नेपाल विद्यार्थी संघले विद्यालय शिक्षाको गुणस्तर अभिवृद्धिको माग गर्दै धनुषासहित देशभरका स्थानीय तहमा ज्ञापन पत्र बुझाएको छ । आफ्नो ५५ औँ स्थापना दिवसमा नेविसंघले नेपालको आधारभूत र माध्यमिक तहसम्मको शिक्षाको गुणस्तर अभिवृद्धिको माग र सुधारका सुझाव सहितको ज्ञापन पत्र देशभरका स्थानीय तहमा बुझाएको हो । सो क्रममा धनुषाको कमला नगरपालिकामा नेविसंघका केन्द्रीय सदस्य […]

जनकपुरधाम । मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत लिन डाकिएको मधेश प्रदेशसभा बैठकमा सत्तापक्ष र प्रतिपक्षी दलका सांसदहरुबीच चर्काचर्की भएको छ । सभामुख रामचन्द्र मण्डलले प्रदेशसभा बैठक सुरु गरेलगत्तै जनमत पार्टीका सांसदहरुले उठेर विरोध जनाए । सो क्रममा एमालेका सांसद दीपेन्द्र ठाकुर र जनमतका सांसद चन्दन सिंहबीच चर्काचर्की भएको हो । जनमतका सांसद सिंहले माघ ८ […]