२२ बैशाख २०८१, शनिबार
04-05-2024 , Sat
×

जनकपुरधामद्वारा ४ जना सहिद परिवारलाई सम्मान गर्दै आर्थिक सहयोग

Logo
प्रकाशित सोमबार, साउन १९, २०७७

न्यूजमधेश डेस्क
जनकपुरधाम,१९ श्रावण ।मधेश आन्दोलनको क्रममा सहादत प्राप्त गरेका ४ जना सहिद परिवारलाई जनकपुरधाम उपमहानगरपालिकाले आइतवार सम्मान गर्दै जनही १ लाख २५ हजार आर्थिक  सहयोग गरेको छ ।

विगतदेखि नै जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिसोर साहले उनीहरुलाई १ लाख २५ हजारको दरले आर्थिक सहयोगगर्दै आएका छन् । मधेश आन्दोलन उत्कर्षमा पुगेको बेला चलु जनकपुर, भरु जनकपुर आन्दोलनको क्रममा अधिकारका लागि प्रदर्शनमा उत्रेका युवाहरुलाई प्रहरीले गोली हानेर हत्या गरेको थियो ।

प्रहरीको गोली लागेर वीरगती प्राप्त गर्ने धनुषा जिल्लाका दिलिप यादव, संजय चौधरी, निक्कु यादव र राजेश यादवका परिवारलाई जनही १ लाख २५ हजार रुपैया नगद र दोसल्ला ओढाएर मेयर साहले सम्मान गरेका हुन् ।

कोरोना भाइरसको संक्रमणलाई दृष्टिगतगर्दै मेयर साहले मास्कको प्रयोग र समाजिक दुरीमा विशेष ध्यान दिएका थिए । जनकपुरधाम उपमहानगरपालिकाले वीरगती प्राप्त गरेका योद्धाहरुको सम्मानमा नगरको उत्तरी प्रवेशद्वार मुजेलियामा मिथिला संस्कृति झल्किने भव्यव्दार बनाउन लागेकोछ ।व्दूार निर्माणको कार्य प्रारम्भ भइसकेकोछ ।

नगरको सो द्वार सहिद निकु यादव, संजय चौधरी र दिलिप यादवको शालिक रहनेछ ।उनीहरुको अन्त्येष्टि गरिएकै स्थलसँगै द्वार  निर्माण गर्न लागिएकोछ । मेयर साहले सहिद परिवारलाई आर्थिक सहयोग र विभिन्न कार्यक्रमहरुमा सम्मानगर्दै आएका छन् ।

उपमहानगरपालिकाले निर्माण गर्न लागेको द्वार  मधेश आन्दोलनमा सहादत दिने सबै सहिदको सम्झना हुने आकृती बनाइने जनाएकोछ । कोरोना संक्रमणको बेला सम्पूर्ण आर्थिक गतिबिधि ठप्प रहेको अवस्थामा जनकपुरधाम उपमहानगरपालिकाले गरेको सहयोगबाट ठूलो राहत मिल्ने सहिद परिवारका सदस्यहरुले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । पर्साको वीरगञ्जस्थित नबिल बैंकबाट रकम चोरी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । अनुसन्धान भइरहेकाले उनीहरूको विवरण प्रहरीले गोप्य राखेको बताइएको छ । चोरी प्रकरणमा अन्य व्यक्ति पनि पक्राउ पर्न बाँकी नै रहेकाले प्रहरीले अनुसन्धान अघि बढाइरहेको छ । सोमबार […]

जनकपुरधाम ।महोत्तरीको मटिहानीमा गत बुधबार आगलागीमा परेर घरबार गुमाएका आगलागीपीडितलाई हाम्रो टिम नेपाल, १०० ग्रुप, नेपाली सेना र अन्य व्यक्तिको सहयोगमा दैनिक खाना खुवाइँदै आएको छ। मुस्लिम समुदाय र धानुक, साह, मलाहसहितका जातिको बसोवास रहेको जरलहवागाछी बस्तीमा भीषण आगलागी हुँदा करिब आठ सय व्यक्ति पीडित बनेका छन्। ‘बस्तीमा खाना पकाउने भाँडाहरूसमेत छैनन्, अन्नपात जलेर सबै […]

जनकपुरधाम । गल्फ सेवा समाज संस्थाले १०४ अग्निपिडित परिवारलाई खाद्यान्न सामग्री सहयोग गरेका छन् । मंगलबार महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलका गत बुधबार भएको आगलागीबाट पीडित भएका १ सय ४ जनालाई गल्फ सेवा समाजले १५ किलोको खाद्यान्न सामग्रीको प्याकेज वितरण गरेको हो। गल्फ सेवा समाज संस्थाका संस्थापक मो.जमशेद राईनले  अग्निपिडितहरुको लागि चामल ५ किलो,गहुँको पिठो […]