१७ बैशाख २०८१, सोमबार
29-04-2024 , Mon
×

सिरहाको धनगढीमा पनि ‘लकडाउन’

Logo
प्रकाशित सोमबार, साउन २६, २०७७

न्यूजमधेश डेस्क
सिरहा ,२६ श्रावण ।सिरहाको धनगढीमाई नगरपालिकाले कोरोना सङ्क्रमणको जोखिम बढेको जनाउँदै एक साताका लागि नगरक्षेत्रमा लकडाउन जारी गरेको छ ।

छिमेकी गोलबजार नगरपालिकामा कोरोना सङ्क्रमित युवकको मृत्यु भएको र लहान नगरपालिकामा पनि तीव्ररुपमा सङ्क्रमित भेट्न थालेपछि धनगढीमाई नगरपालिकाले आजदेखि यही साउन ३२ गतेसम्म लकडाउन गरेको हो ।

भीडभाड हुने हाटबजार क्षेत्र पसल, होटल र जनसम्पर्क अधिक हुने निजी सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्थामा कार्यरत कर्मचारीमा समेत सङ्क्रमण देखिएकाले समुदायस्तरमा फैलिन सक्ने सम्भावनालाई मध्यनजर गरी सङ्क्रमण फैलिन नदिन लकडाउन गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाईले जानकारी दिनुभयो ।

लकडाउनको अवधिभर अत्यावश्यक सेवाबाहेक हाटबजार क्षेत्र पसल, होटल र निजी सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्था बन्द रहने उहाँले बताउनुभयो । कोरोना सङ्क्रमण समुदायस्तरमा फैलिन सक्ने जनाउँदै यहाँको लहान , गोलबजार , मिर्चैया र सिरहा नगरपालिकाले यसअघि नै यही साउन ३२ सम्म लकडाउन जारी गरिसकेको छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम । मधेश प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री गोविन्दबहादुर न्यौपानेले मधेशमा रहेका मुक्त हरवाचरवाहरूलाई उद्यमशील बनाउने नीति तथा कार्यक्रम आवश्यक रहेका बताउनुभएको छ । राष्ट्रिय हरवाचरवा अधिकार मञ्चको तेस्रो राष्ट्रिय सम्मेलनको शुक्रबार जनकपुरधाममा उद्घाटन गर्नुहुँदै मन्त्री न्यौपानेले हरवाचरवाको आवश्यकता पहिचान गरी दीर्घकालीन समस्या समाधान हुने गरी उद्यमशीलतामा जोड दिनुपर्ने बताउनुभयो । “तपाईहरूले मुक्त […]

जनकपुरधाम । नेपाल विद्यार्थी संघले विद्यालय शिक्षाको गुणस्तर अभिवृद्धिको माग गर्दै धनुषासहित देशभरका स्थानीय तहमा ज्ञापन पत्र बुझाएको छ । आफ्नो ५५ औँ स्थापना दिवसमा नेविसंघले नेपालको आधारभूत र माध्यमिक तहसम्मको शिक्षाको गुणस्तर अभिवृद्धिको माग र सुधारका सुझाव सहितको ज्ञापन पत्र देशभरका स्थानीय तहमा बुझाएको हो । सो क्रममा धनुषाको कमला नगरपालिकामा नेविसंघका केन्द्रीय सदस्य […]

जनकपुरधाम । मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत लिन डाकिएको मधेश प्रदेशसभा बैठकमा सत्तापक्ष र प्रतिपक्षी दलका सांसदहरुबीच चर्काचर्की भएको छ । सभामुख रामचन्द्र मण्डलले प्रदेशसभा बैठक सुरु गरेलगत्तै जनमत पार्टीका सांसदहरुले उठेर विरोध जनाए । सो क्रममा एमालेका सांसद दीपेन्द्र ठाकुर र जनमतका सांसद चन्दन सिंहबीच चर्काचर्की भएको हो । जनमतका सांसद सिंहले माघ ८ […]