२३ चैत्र २०८२, मंगलबार
07-04-2026 , Tue
×

कोरोना रोकथामका लागि अढाई करोड खर्च

Logo
प्रकाशित बुधबार, साउन २८, २०७७

न्यूजमधेश सम्बादाता
कञ्चनपुर,२८ श्रावण । महाकाली नगरपालिकामा कोरोना भाइरस सङ्क्रमण रोकथामका लागि अढाई करोड खर्च भएको छ । महाकालीमा रु दुई करोड ४० लाख ७७ हजार रकम खर्च गरिएको हो ।

महाकाली नगरपालिकामा सबैभन्दा बढी राहत वितरणमा खर्च भएको देखिएको छ । कार्यालयले सार्वजनिक गरेको खर्च विवरणअनुसार राहतमा रु ४३ लाख २७ हजार खर्च भएको छ ।

सार्वजनिक खर्चअनुसार क्वारेन्टिन निर्माणमा रु ३४ लाख १० हजार, क्वारेन्टिन सामग्रीमा १३ लाख २१ हजार, क्वारेन्टिन खानामा सात लाख, आइसोलेसन निर्माण तयारी सात लाख ८७ हजार खर्च गरिएको छ ।

यसैगरी आइसोलेसन व्यवस्थापनमा रु १४ लाख, आइसोलेसन खानामा २३ लाख, औषधिमा सात लाख ४१ हजार, औषधिजन्य सामग्रीमा ३० लाख ५६ हजार, स्वास्थ्य उपकरण चार लाख ५९ हजार, जोखिम भत्ता १३ लाख ८५ हजार, यातायात खर्च पाँच लाख २५ हजार र ३० लाख अन्य खर्च गरिएको छ ।

महाकाली नगरपालिकाका नगर प्रवक्ता दिलबहादुर सिजालीले कोरोना सङ्क्रमण फैलिएपछि नगरपालिकामा रोकथामका लागि कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]