०५ जेठ २०८१, शनिबार
18-05-2024 , Sat
×

‘पत्रकारमाथि आक्रमण गर्ने दोषीमाथि कारबाही होस्’

Logo
प्रकाशित बुधबार, साउन २८, २०७७

न्यूजमधेश सम्बादाता
टीकापुर,२८ श्रावण । नेपाल पत्रकार महासङ्घका सभासद् एवं कैलालीको टीकापुरस्थित कान्तिपुर संवाददाता गणेश चौधरीलाई समाचार सङ्कलनका क्रममा आक्रमण गरी घाइते बनाएको घटनामा संलग्न व्यक्तिहरुमाथि कानूनी कारबाही गर्न माग गरेको छ ।

साउन २६ गते कैलालीको जानकी गाउँपालिका–६ जगतपुरमा समाचार सङ्कलनका क्रममा रहेका पत्रकार चौधरीमाथि सोही ठाउँका दिनेश कडायत, दिनेश शाह, शिरिष शाह, सुरेन्द्र शाही र रवीन्द्र शाहको समूहले एक्कासि टाउकामा प्रहार गरी घाइते बनाएका थिए ।

“कोभिड–१९ सङ्क्रमणको जोखिम मोलेर पेशागत कर्ममा जुटेका पत्रकारमाथि भएको यो आक्रमण निन्दनीय र प्रेस विरोधी काम हो, महासङ्घ घटनामा संलग्न व्यक्तिहरुमाथि कानूनी कारबाही गर्न तथा पत्रकारको सुरक्षामा गम्भीर भई प्रेसविरुद्ध हुने यस्ता घटना नियन्त्रणमा कडा कम चाल्न सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण गराउँदछ”, महासङ्घद्वारा आज जारी विज्ञप्तिमा भनिएको छ ।

साथै महासङ्घले घाइते पत्रकार चौधरीको स्वास्थ्यलाभको कामना पनि गरेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सर्लाही । यातायात व्यवस्था कार्यालय मलङ्गवा सर्लाहीले सवारी चालक अनुमतिपत्रका लागि प्रयोगात्मक (ट्रायल) परीक्षण सेवा सुरू गरेको छ । आज एक कार्यक्रमका बीच मधेश प्रदेशका श्रम तथा यातायातमन्त्री बेची लुङ्गेलीले प्रयोगात्मक परीक्षण उत्तीर्ण गर्ने पहिलो स्कुटर चालक चक्रघट्टा—५, पडरिया निवासी स्नेहा कुमारी मण्डललाई निस्सा हस्तान्तरण गरेर सेवा शुभारम्भ गर्नु भएको हो । गत मंसिर १७ […]

जनकपुरधाम ।जनमत पार्टी नेतृत्वमा मधेशमा प्रदेशमा नयाँ सरकार बनाउन पाँच दलबीच सहमति भएको छ । सरकारमा पाँच दलको सहभागिता सुनिश्चित गर्नेबारे सहमति भए पनि सरकारको आलोपालो नेतृत् वगर्ने क्रम र अवधि तथा मन्त्रालय बाँडफाँडलगायतका विषयमा अझै टुंगो लागेको छैन । जनमत पार्टीको नेतृत्वमा बनाइने सरकारमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल र […]

काठमा‌डौं। पछिल्लो राजनीतिक परिघटनाले राजनीतिक नेतृत्व बजेट निर्माणमा कति गैरजिम्मेवार छ भन्ने देखाएको जनमत पार्टीका अध्यक्ष डा सीके राउतले बताएका छन्। शुक्रबार बिजमाण्डूले आयोजना गरेको प्रि-बजेट कन्फ्रेन्समा बोल्दै राउतले बजेट निर्माण प्रक्रियामा भइरहेको सदन अवरोधले गैरजिम्मेवारीपन झल्काएको बताए। डा.राउतले बजेटको आकार ठूलो ल्याउँदा गर्व गर्ने परिपाटी तथा खर्च गर्न नसक्ने अवस्था प्रति आफू असन्तुष्ट रहेको […]