२७ माघ २०८२, मंगलबार
10-02-2026 , Tue
×

नारायणी अस्पतालमा परिक्षण गर्दा कोरोना पोजेटिभ, अर्कै दिन काठमाडौँमा गर्दा नेगेटिभ

Logo
प्रकाशित शुक्रबार, साउन ३०, २०७७

न्यूजमधेश सम्बादाता
वीरगञ्ज ,३० श्रावण । वीरगञ्जको स्वास्थ्य प्रणाली फितलो हुँदै गएकोमा स्थानीय चिन्तित बनेका छन् । पछिल्लो समय नारायणी अस्पतालको प्रयोगशालामा गरिएको कोरोना परिक्षणको रिर्पोट एक पछि अर्को गर्दै फरक परेपछि नारायणी अस्पतालको प्रणाली जर्जर भएको आशंका गरेका छन् ।

यहाँ गरिएको परिक्षण र राजधानीमा गरिएको परिक्षण मेल नखाएपछि परिक्षण विधि शंकास्पद देखिएको छ । पछिल्लो एक हप्ताको समयावधिमा ३ जनाको रिर्पोट विवादमा परेपछि विरामीको स्वास्थ्यसँग खेलवाड गरिरहेको भान स्थानीयलाई भएको छ ।

लापरवाहीका केही उदाहरण तल उल्लेखित छन् । लापरवाही पनि सामान्य किसिमका होईनन् । ज्यान लेवा किसिमका छन् । पढ्नुस !

१. सुरुमा उनी वीरगञ्जमै पिसिआर परिक्षण गराउँछन् । पिसिआर रिपोर्ट नेगेटिभ आउँछ । अन्ततः कोरोना नभएको बुझिन्छ । पछि स्वास्थ्यमा समस्या तथा कोरोनाका आंशिक लक्षण देखा पर्न थालेपछि उनी स्वयम् आईसोलेसनमा भर्ना हुन जान्छन् । श्वासप्रश्वासमा समस्या भएपछि उनलाई आईसोलेसनबाटै काठमाडौँ लगिन्छ । काठमाण्डौमा भर्ना भएपछि उनको स्वाब परिक्षण गरिन्छ । उनमा कोरोना पोजिटिभ पुष्टि हुन्छ । उनी नेकपाका नेता अरविन्द सिंह हुन् । उनको हाल काठमाडौँमा उपचार भईरहेको छ ।

२. त्यस्तै, पर्साकै पर्सागढी नगरपालिकाका मेयर लोकनारायण यादवसँग पनि केही यस्तै भयो । वीरगञ्जको तराई अस्पतालका उपचाररत रहँदा गरिएको कोरोना परिक्षणको रिपोर्ट नेगेटिभ आएको थियो । पछि श्वासप्रश्वासमा समस्या भएपछि उनलाई पनि गत श्रावन २६ गते हेलिकप्टरबाट काठमाडौँ लगियो । तर, काठमाडौँमा गरिएको पिसिआर परिक्षणको रिपोर्टमा उनमा कोरोना संक्रमण पुष्टि भएको छ । हाल, उनी पनि काठमाडौँको ह्याम्स् अस्पतालमा उपचाररत छन् ।

३. यस्तै, वीरगञ्जका एक युवकले श्रावन १२ पिसिआर परिक्षणका लागि नारायणी अस्पतालमा स्वाब दिन्छन् । श्रावन २६ गते स्वास्थ्यमा समस्या आएर जाँच गराउँदा चिकित्सकले निमोनिया भएको भन्छन् र नारायणीमा भर्ना हुन सल्लाह दिन्छन् । यहाँको उपचार विश्वासिलो नभएको भन्दै बिरामीका आफन्तजनले बिरामीलाई थप उपचारका लागि काठमाडौँ लैजान्छन् । बुधबार साँझ आएको नारायणीको उनी कोरोना पोजिटिभ देखिन्छन् । बिहीबार बिहान काठमाडौँ पुनः उनको स्वाब परिक्षणका लागि संकलन गरिन्छ । तर त्यहाँ उनको रिपोर्टमा उनमा संक्रमण नरहेको पुष्टि भएको छ ।

यस्तो किन र कसरी भयो रु के यहाँको ल्याबमा खेलवाड गरिँदैछ रु के यहाँ सक्षम जनशक्ति छैनन् वा मेसिन बिग्रिएको छ रु वा नारायणी अस्पतालका मेसु असक्षम छन् जसले यी कुराहरूको व्यवस्थापन गर्ने क्षमता राख्दैनन् रु स्थनीयको प्रश्न छ ।

बारम्बार किन यस्तो भइरहेको छ । के यहाँको उपचारमा विश्वास गर्नै नसक्ने अवस्था सृजना हुँदैछ वा यस्तै होस् बिरामी जति सबै बाहिरै जाउन, उपचारको टन्टै साफ भन्ने मानसिकता मौलाएको हो रु तर पहुँच, पैसा र पावर भएका सक्ने त बाहिर जालान् अनि नसक्ने गरिब निमुखा कहाँ जाने रु गरिब निमुखा बिरामीले अस्पताल चहार्दा पनि उपचार नपाईकनै मर्नु पर्ने हो रु

स्थानीयहरुका अनुसार यहाँका चिकित्सकहरु मिडिया, राजनीति र आन्तरिक गिजलोमा फसेका कारण लापरवाही भइरहेको र बिरामीहरुले सास्ती खेप्नु परिरहेको छ ।

नेपाल पोष्ट डेलीबाट साभार ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]