२० फाल्गुण २०८२, बिहिबार
05-03-2026 , Thu
×

कतारमा कोरोना संक्रमण घट्दै ,निको हुनेको संख्या बढ्दै

Logo
प्रकाशित शुक्रबार, साउन ३०, २०७७

न्यूजमधेश सम्बादाता
दोहा,३० श्रावण ।कतारको स्वास्थ्य मन्त्रालयले आज जारी गरेको तथ्याङ्क अनुसार कोरोनाको संक्रमण घट्दै गएको जनाएको छ ।

पछिल्लो २४ घण्टामा ३ सय १ जनाले स्वास्थ्य लाभ गरेका हुन् । योसँगै स्वास्थ्य लाभ गर्नेको कुल सङ्ख्या कतारमा १ लाख ११ हजार २५८ पुगेको छ भने कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या १९० रहेको छ, जस मध्ये १८ जना नेपाली नागरिक रहेका छन् ।

तथ्याङ्क अनुसार पछिल्लो २४ घण्टामा ३ हजार ९ सय १६ जनामा गरिएको परीक्षणमा थप २ सय ५१ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ ।

हालसम्म कतारमा सङ्क्रमितको सङ्ख्या १ लाख १४ हजार ५ सय ३२ पुगेको छ । संक्रमित मध्ये ४ सय ४७ जनालाई डाक्टरहरूको निगरानीमा अस्पतालको क्वारेन्टिनमा राखिएको छ भने थप ४ सहित ७१ जनालाई आइसियुमा राखि उपचार भइरहेको छ ।

कुल ३ हजार ८४ जनाको उपचार चलिरहेको छ । नयाँ भेटिएका सङ्क्रमितहरू आप्रवासी तथा स्थानीय नगारिकहरु रहेको बताइएको छ । आजसम्म ५ लाख ४२ हजार ५ सय १८ जनामा कोरोनाको परीक्षण गरिएको छ । भाइरस सम्बन्धी कुनै लक्षण देखा परे टोल फ्री नम्बर १६००० मा सम्पर्क गर्न सकिन्छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]