२२ फाल्गुण २०८२, शनिबार
07-03-2026 , Sat
×

दलित समाज कल्याण संघ तथा मनकामना ड्राईभिङ्ग सेन्टर लाहानद्वारा दलितलाई नि:शुल्क ड्राईभिङ्ग तालिम

Logo
प्रकाशित शनिबार, साउन ३१, २०७७

मनोज बनैता
सिरहा, ३१ श्रावण । नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ तथा मनकामना ड्राईभिङ्ग सेन्टर लाहानको सहयोग तथा संयोजनमा दलित समुदायका ५ जनालाई निशुल्क ड्राईभिङ्ग तालिम दिएको छ ।

स्वरोजगारलाई बढावा दिने लक्ष्यको साथ शुरु गरिएको उक्त शिप मुलक तालिममा ईटहर्वा ५ का संजीव सदाय, सखुवानन्कारकट्टी ५ का जित नारायण पासवान, ईटहर्वा २ का बद्री नारायण पासवान, ईटहर्वा ६ का राजाराम पासवान र ईटहर्वा २का योगेन्द्र कुमार पासवान रहेका छन ।

उक्त शिपमुलक तालिमका सहभागीहरुले वैदेशिक रोजगारीलाई चुनौती दिन आफुहरुले ड्राईभिङ्ग सिकेको भन्दै सहयोगी हाथहरुलाई धन्यवाद ज्ञापन समेत गरेका छन । ड्राईभिङ्ग सीप सिकेर आत्मनिर्भरता तथा स्वरोजगारको अवसर प्राप्त हुने मनकामना ड्राईभिङ्ग सेन्टरका संचालक दिलिप दासले जनाए । असारमा शुरुभएको एक महिने तालिम श्रावण २६ गते सम्पन्न भएको जानकारी पनि दासले दिएका छन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]