१८ बैशाख २०८२, शुक्रबार
02-05-2025 , Fri
×

एउटै वडामा १६ जनालाई सर्पले टोकेपछि स्थानीयवासी त्रसित

Logo
प्रकाशित शनिबार, साउन ३१, २०७७

न्यूजमधेश सम्बादाता
महोत्तरी,३१ श्रावण । महोत्तरीमा एउटै वडामा १६ जनालाई विषालु सर्पले टोकेपछि स्थानीयवासी त्रसित भएका छन् ।

महोत्तरीको भङ्गहा नगरपालिका वडा नम्बर–५ राजपुरमा पाँच घण्टाको अन्तरालमा १६ जनालाई सर्पले टोकेपछि स्थानीवासी त्रसित भएका हुन् । धानखेतमा काम गरिरहेका बेला बिहीबार ४५ वर्षीया जैमुन खातुनलाई विषालु सर्पले टोकेपछि उनको मृत्यु भएको थियो ।

शुक्रबार साँझ ५ बजेदेखि राति १० बजेसम्म थप १५ जनालाई एउटै सर्पले टोकेको भन्दै अहिले सो गाउँभरि त्रास फैलिएको भङ्गहा नगरपालिकाका प्रमुख सञ्जीव कुमार साहले बताउनुभयो । अहिले त्यहाँका स्थानीयवासी आ–आफ्नै घरमा सतर्क भएर बसिरहेका छन् भने घरबाट निस्कन छाडेको वडाध्यक्ष शिवकुमार महतोले बताउनुभयो ।

शुक्रबार सात मुस्लिम महिला र एक सरदार पुरुषलाई सर्पले टोकेको भन्दै सर्पदंश उपचार केन्द्र बर्दिबासमा भर्ना गराइ उपचार भइरहेको छ भने अन्य सात जनाको स्थानीयस्तरमा उपचार भइरहेको जनाइएको छ ।

नगरप्रमुख साहले बर्दिबास र स्थानीयस्तरमा उपचाररत सबैको स्वास्थ्य अवस्था सामान्य रहेको बताउनुभयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]