२४ बैशाख २०८१, सोमबार
06-05-2024 , Mon
×

क्यान्सर अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द

Logo
प्रकाशित आइतबार, साउन ३२, २०७७

न्यूजमधेश सम्बादाता
भरतपुर ,३२ श्रावण । चितवनको भरतपुरस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द गरिएको छ ।

अस्पतालका कार्यकारी निर्देशक डा देजकुमार गौतमले आज एक सूचना जारी गर्दै अस्पतालका कर्मचारी कोभिड–१९ बाट सङ्क्रमित भएकाले सेवा बन्द गरिएको जानकारी दिनुभयो ।

अस्पतालका कर्मचारी, भर्ना भएका बिरामी र सङ्क्रमितसँग सम्पर्कमा आएकाको कोभिड–१९ परीक्षण गर्नुपर्ने र अस्पतालसमेत निर्मलीकरण गर्नुपर्ने भएकाले अर्को सूचना प्रकाशित नभएसम्मका लागि आकस्मिक बाहेकका सेवा बन्द गरिएको उहाँले बताउनुभयो ।

अस्पतालले प्रदान गर्ने अत्यावश्यक सेवा सम्बन्धित विभागको ओपिडिबाट प्रदान गरिने सूचनामा उल्लेख गरिएको छ । क्यान्सर अस्पतालमा कार्यरत सात नर्स र तीन सहयोगीलाई कोरोना पोजेटिभ देखिएको छ भने अस्पतालमा उचार गराएका सात बिरामी सङ्क्रमित भेटिएका छन् ।

“बिरामीलाई कोभिड–१९ पुष्टि हुँदा हामीले निरन्तर सेवा प्रवाह गरिरहेका थियौँ”, निर्देशक गौतमले भन्नुभयो, “उपचारमा संलग्न नर्स नै सङ्क्रमित भएपछि सेवा बन्द गर्न बाध्य भएका हौँ ।” उहाँले दुई÷तीन दिनभित्र सबै चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीको कोभिड–१९ परीक्षण गरेर सेवा पुन सञ्चालनसम्बन्धी निर्णय लिइने बताउनुभयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं। सत्तारुढ दल जनता समाजवादी पार्टी नेपाल(जसपा) फुटेको छ । आइतबार अशोक राईको नेतृत्वमा जसपा नाम राखेर दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दर्ता गराइएको छ । संघीय संसद्‌मा प्रतिनिधित्व गर्ने ७ सांसदहरु राईसहित नवलकिशोर साह सुडी, रन्जु ठाकुर, वीरेन्द्र महतो, सुशीला श्रेष्ठ, प्रदीप यादव र हसिना खानले पार्टी विभाजन गरेका हुन्। साथै उनीहरुसँग २९ […]

काठमाडौं । संघीय वन तथा वातावरणमन्त्री नवल किशोर साह सुडीले जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले वर्तमान सत्ता गठबन्धन नै ढाल्ने कोसिस गरेपछि आफूहरुले नयाँ पार्टी नै गठन गरेको दाबी गरेका छन् । आइतबार निर्वाचन आयोगमा दल दर्ताका लागि पुगेका बहालवाला मन्त्री साहले सरकारको स्थायित्वका लागि आफूहरुले यस्तो कदम चालेको बताए । ‘अध्यक्ष यो सरकारको स्थायित्वको […]

काठमाडौं।सत्तारुढ जनता समाजवादी पार्टी(जसपा) विभाजित भएको छ। जसपाका कार्यकारी अध्यक्ष उपेन्द्र यादव विदेश भ्रमणमा रहेका बेला अर्का संघीय परिषदका अध्यक्ष अशोक राईले अलग दल गठन गनै लागेका हुन्। स्रोतका अनुसार राईको नेतृत्वमा गठन हुने नयाँ दलमा पार्टीका १२ सांसद मध्ये ७ जना सहभागी हुने भएका छन्। राईको पक्षमा वनमन्त्री समेत रहेका नवलकिशोर साह, शुशिला श्रेष्ठ, […]