२२ फाल्गुण २०८२, शनिबार
07-03-2026 , Sat
×

रौतहटमा १७ वर्षिय युवकको रहस्यमय हत्या

Logo
प्रकाशित आइतबार, साउन ३२, २०७७

न्यूजमधेश सम्बादाता
रौतहट,३२ श्रावण । प्रदेश २ का रौतहट जिल्लामा एक दलित युवकको धारिलो हतियारले हत्या गरिएको छ ।

स्थानीय गरुडा नगरपालिका–८ जिंगडिया गाउँका १७ वर्षीय निरञ्जन राम चमारको गए राति हत्या गरिएको प्रहरीले जनाएको छ ।

आज बिहान ६ बजे स्थानीयवासीले खबर गरेपछि जिंगडिया भन्दा करीब तीन सय मिटर पर वर्षाको पानीमा शव बरामद भएको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ ।

प्रहरी नायब उपरीक्षक ज्ञानकुमार महतोले घटनास्थल प्रहरीले सुरक्षित गरेको र तालीमप्राप्त कुकुर प्रयोग गरेर अनुसन्धान शुरु गरिएको बताए। शव परीक्षणका लागि जिल्ला अस्पताल गौर पठाइएको छ ।

व्यक्तिगत रीसइबीका कारण कसैले युवकको हत्या गरेको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]