२६ बैशाख २०८१, बुधबार
08-05-2024 , Wed
×

भलिबल खेलाडीको एक लाखको कोरोना बीमा

Logo
प्रकाशित आइतबार, साउन ३२, २०७७

न्यूजमधेश सम्बादाता
काठमाडौँ, ३२ श्रावण ।लक्ष्मीनारायण स्मृति मेमोरियल ट्रष्टले राष्ट्रिय भलिबल टोलीका खेलाडी प्रत्येकको रु एक लाख बराबरको कोरोना बीमा गरेको छ । ट्रष्टले कूल ३६ भलिबल खेलाडीको कोरोना बीमा गरेको हो ।

ट्रष्टले गत वर्ष मङ्सिरमा नेपालमा सम्पन्न १३औँ दक्षिण एशियाली खेलकूद साग मा सहभागी महिला तथा पुरुष राष्ट्रिय टोलीका सबै खेलाडीको कोरोना बीमा गरेको हो ।

ट्रष्टले सागमा सहभागी बीच भलिबलको महिला तथा पुरुष टोलीका खेलाडीको समेत कोरोना बीमा गरिदिएको छ । ट्रष्टले आज महिला टोलीकी खेलाडी प्रतिभा माली र बीच भलिबल टोलीका सदस्य दिल सुनारको उपस्थितिमा बीमा गरेको हो ।

देशमा कोरोना महामारीको जोखिम बढ्दै गएको अवस्थामा खेलाडीको सुरक्षालाई ध्यानमा राखि कोरोना बीमा गरिएको ट्रष्टकी संरक्षक अन्जु श्रेष्ठले बताउनुभयो । श्रेष्ठ नेपाली महिला भलिबल टोलीकी पूर्व कप्तानसमेत हुनुहुन्छ ।

बीमा कार्यक्रममा भलिबल खेलाडीद्वय माली र सुनारले पहिलो पटक भलिबल खेलाडीको कोरोना बीमा गरेकामा ट्रष्टलाई धन्यवाद दिनुभयो ।

ट्रष्टले बर्सेनी वर्षको उत्कृष्ट महिला र पुरुष भलिबल खेलाडीलाई पुरस्कृत गर्दै आएको छ । पूर्वकप्तान श्रेष्ठले आफ्ना बुबा लक्ष्मीनारायण श्रेष्ठको स्मृतिमा ट्रष्ट स्थापना गर्नुभएको हो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । अशोक राई नेतृत्वको नव गठित जनता समाजवादी पार्टी (जसपा) पत्रकार सम्मलेनको आयोजना गरेको छ । काठमाडौंको बिजुली बजारस्थित अल्फा बिटा भवनमा भोलि अपराह्न २ बजे पत्रकार सम्मेलन बोलाइएको हो। महासचिव ईश्तियाक राईनले देशको समसामयिक विषयमा आधिकारिक धारणा सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गरेको जानकारी दिएका छन् ।

कैलाली । कैलालीको घोडाघोडी नगरपालिका–२ का २५ वर्षीय सुनिल शाही मृत्यु घटनाको प्रहरीले अनुसन्धान सुरु गरेको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार अहिले शंकास्पदमाथि सोधपुछ गर्ने कार्य भइरहेको छ। शाहीको घोडाघोडी नगरपालिका–४ स्थित नयाँ बाटो पुनःस्थापना केन्द्र (सुधारगृह)मा बुधबार बिहान मृत्यु भएको थियो। पीडित परिवारले शाहीको सुधारगृहमा कुटपिट गरेर हत्या गरिएको आरोप लगाएको छ। ‘शरीरभर ठाउँ […]

काठमाडौं। युके पठाइदिन्छु भन्दै ५ लाख रूपैयाँ ठगी गरेको अभियोगमा एक जना पक्राउ परेका छन्। प्रहरीले सर्लाही हरिपुर नगरपालिका–२ घर भई हाल काठमाडौं दक्षिणकाली नगरपालिका–७ बस्ने ३० वर्षीय विधान कार्कीलाई सोमबार पक्राउ गरेको हो। कार्कीले वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभन देखाई युके पठाइदिन्छु भन्दै १ जना पीडितबाट उक्त रकम लिई सम्पर्कविहीन भई ठगी गरेको खुल्न […]