०६ जेठ २०८१, आइतबार
19-05-2024 , Sun
×

जलेश्वर अस्पतालमा भेन्टिलेटर जडान

Logo
प्रकाशित आइतबार, साउन ३२, २०७७

न्यूजमधेश सम्बादाता
महोत्तरी,३२ श्रावण। कोरोना विशेष अस्पताल जलेश्वरमा पाँच थान भेन्टिलेटर जडान गरिएको छ ।

प्रदेश २ मा कोरोना सङ्क्रमणबाट थप जोखिम हुन नदिन महोत्तरीको सदरमुकाम जलेश्वरस्थित कोरोना विशेष अस्पतालमा भेन्टिलेटर जडान गरिएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष सुरेश पाण्डेले जानकारी दिनुभयो ।

प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयको आर्थिक सहयोगमा कोभिड अस्पतालमा भेन्टिलेटरसहितको आइसीयु सेवा सञ्चालनमा ल्याइएको हो ।

अस्पतालमा हाल ४२ जना कोरोना सङ्क्रमित उपचाररत रहेका छन् भने चार÷पाँच जनामा मात्रै कोरोनाको लक्षण देखिएको छ । सबैको अवस्था सामान्य रहेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सर्लाही । यातायात व्यवस्था कार्यालय मलङ्गवा सर्लाहीले सवारी चालक अनुमतिपत्रका लागि प्रयोगात्मक (ट्रायल) परीक्षण सेवा सुरू गरेको छ । आज एक कार्यक्रमका बीच मधेश प्रदेशका श्रम तथा यातायातमन्त्री बेची लुङ्गेलीले प्रयोगात्मक परीक्षण उत्तीर्ण गर्ने पहिलो स्कुटर चालक चक्रघट्टा—५, पडरिया निवासी स्नेहा कुमारी मण्डललाई निस्सा हस्तान्तरण गरेर सेवा शुभारम्भ गर्नु भएको हो । गत मंसिर १७ […]

जनकपुरधाम ।जनमत पार्टी नेतृत्वमा मधेशमा प्रदेशमा नयाँ सरकार बनाउन पाँच दलबीच सहमति भएको छ । सरकारमा पाँच दलको सहभागिता सुनिश्चित गर्नेबारे सहमति भए पनि सरकारको आलोपालो नेतृत् वगर्ने क्रम र अवधि तथा मन्त्रालय बाँडफाँडलगायतका विषयमा अझै टुंगो लागेको छैन । जनमत पार्टीको नेतृत्वमा बनाइने सरकारमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल र […]

काठमा‌डौं। पछिल्लो राजनीतिक परिघटनाले राजनीतिक नेतृत्व बजेट निर्माणमा कति गैरजिम्मेवार छ भन्ने देखाएको जनमत पार्टीका अध्यक्ष डा सीके राउतले बताएका छन्। शुक्रबार बिजमाण्डूले आयोजना गरेको प्रि-बजेट कन्फ्रेन्समा बोल्दै राउतले बजेट निर्माण प्रक्रियामा भइरहेको सदन अवरोधले गैरजिम्मेवारीपन झल्काएको बताए। डा.राउतले बजेटको आकार ठूलो ल्याउँदा गर्व गर्ने परिपाटी तथा खर्च गर्न नसक्ने अवस्था प्रति आफू असन्तुष्ट रहेको […]