०३ जेठ २०८२, शनिबार
17-05-2025 , Sat
×

कुटपिटबाट महिलाको मृत्यु, चार जना पक्राउ

Logo
प्रकाशित बिहिबार, भाद्र ०४, २०७७

न्यूजमधेश डेस्क
सिरहा ,४ भदौ।सिरहाको अर्नमा गाउँपालिका–५ कृष्णपुरमा बाटोको विषयलाई लिएर बिवाद बढ्दै गई कुटपिट हुँदा एक महिलाको मृत्यु भएको छ ।

बाटोको विषयलाई स्थानीयबीच कुटपिट हुँदा गम्भीर घाइते भएकी कृष्णपुरकी ५० वर्षीया सीतादेवी राउतको मृत्यु भएको प्रहरीले जनाएको छ ।

स्थानीयको लाठी प्रहारबाट अनुहार र शरीरका भित्री भागमा चोट लागेको राउतको जिल्ला अस्पताल सिरहामा उपचारको क्रममा बुधबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

घटनालगतै जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको प्रहरी टोलीले कुटपिटमा संलग्न आरोपमा स्थानीय ४७ वर्षीय बालदेव साह, ३८ वर्षीय कमलेश राउत, ४६ वर्षीया लिला देवी राउत र २२ वर्षीया सुलेखा राउतलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक बिनोद घिमिरेले जानकारी दिनुभयो ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक घिमिरेले बताउनुभयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]