०६ जेठ २०८१, आइतबार
19-05-2024 , Sun
×

गोली हानी पुजारीको हत्या

Logo
प्रकाशित बिहिबार, भाद्र ०४, २०७७

न्यूजमधेश सम्बादाता
रौतहट,४ भदौ । रौतहटको एक मन्दिरका पुजारीलाई गोली हानी हत्या गरिएको छ ।

बुधबार राति करीब साढे ९ बजे माधवनारायण नगरपालिका वडा नम्बर २ खेसरहियाटोल स्थित हनुमान मन्दिरका पुजारी ६५ वर्षीय श्रीराम साहको कञ्चटमा गोली हानी हत्या गरिएको हो ।

पुजारी साहको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय गरुडाका प्रहरी नायब उपरीक्षक ज्ञानकुमार महतोले बताउनुभयो । मन्दिर परिसरमै पकाइएको खाना तयारी अवस्थामा रहेका बेला पुजारी साहलाई गोली हानी हत्या गरिएको छ ।

जिल्ला प्रहरी कार्यालयबाट प्रहरी उपरीक्षक रविराज खड्कासहितको टोलीले घटनास्थलमा पुगेर अनुसन्धान प्रक्रिया अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायब उपरीक्षक भरत श्रेष्ठले जानकारी दिनुभयो ।

पुजारी साहको शव परीक्षणकाका लागि राति नै जिल्ला अस्पताल गौर ल्याइएको छ । सो क्षेत्रमा सादा पोशाकमा प्रहरी परिचालन गरिएको जनाइएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सर्लाही । यातायात व्यवस्था कार्यालय मलङ्गवा सर्लाहीले सवारी चालक अनुमतिपत्रका लागि प्रयोगात्मक (ट्रायल) परीक्षण सेवा सुरू गरेको छ । आज एक कार्यक्रमका बीच मधेश प्रदेशका श्रम तथा यातायातमन्त्री बेची लुङ्गेलीले प्रयोगात्मक परीक्षण उत्तीर्ण गर्ने पहिलो स्कुटर चालक चक्रघट्टा—५, पडरिया निवासी स्नेहा कुमारी मण्डललाई निस्सा हस्तान्तरण गरेर सेवा शुभारम्भ गर्नु भएको हो । गत मंसिर १७ […]

जनकपुरधाम ।जनमत पार्टी नेतृत्वमा मधेशमा प्रदेशमा नयाँ सरकार बनाउन पाँच दलबीच सहमति भएको छ । सरकारमा पाँच दलको सहभागिता सुनिश्चित गर्नेबारे सहमति भए पनि सरकारको आलोपालो नेतृत् वगर्ने क्रम र अवधि तथा मन्त्रालय बाँडफाँडलगायतका विषयमा अझै टुंगो लागेको छैन । जनमत पार्टीको नेतृत्वमा बनाइने सरकारमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल र […]

काठमा‌डौं। पछिल्लो राजनीतिक परिघटनाले राजनीतिक नेतृत्व बजेट निर्माणमा कति गैरजिम्मेवार छ भन्ने देखाएको जनमत पार्टीका अध्यक्ष डा सीके राउतले बताएका छन्। शुक्रबार बिजमाण्डूले आयोजना गरेको प्रि-बजेट कन्फ्रेन्समा बोल्दै राउतले बजेट निर्माण प्रक्रियामा भइरहेको सदन अवरोधले गैरजिम्मेवारीपन झल्काएको बताए। डा.राउतले बजेटको आकार ठूलो ल्याउँदा गर्व गर्ने परिपाटी तथा खर्च गर्न नसक्ने अवस्था प्रति आफू असन्तुष्ट रहेको […]