१५ बैशाख २०८१, शनिबार
27-04-2024 , Sat
×

झापाका चार पालिकाका १५ वडामा निषेधाज्ञा

Logo
प्रकाशित शुक्रबार, भाद्र ०५, २०७७

न्यूजमधेश सम्बादाता
झापा ,५ भदौ ।समुदायस्तरमा फैलिन थालेको कोभिड –१९ को सङ्क्रमण नियन्त्रण गर्ने उद्देश्यले झापाको मेचीनगर नगरपालिका, कमल, वुद्धशान्ति र गौरीगञ्ज गाउँपालिकाका विभिन्न वडामा जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा आदेश जारी गरी सर्वसाधारण र यातायातका साधनको आवागमनमा रोक लगाएको छ ।

निषेधाज्ञा लागू भएका क्षेत्रमा बस, सिटी सफारी, ट्रक, कार, जीप, टेम्पो, माइक्रो लगायतका यातायतका साधन गुड्न निषेध गरिएको प्रशासनले जारी गरेको आदेशमा जनाइएको छ ।

सो इलाकामा मानिसहरुको आवतजावतमा समेत रोक लगाइएको छ । मेचीनगर नगरपालिकाको वडा नं. ६, ७ र ८ मा अर्को सूचना नभएसम्मका लागि निषेधाज्ञा लागू गरिएको छ ।

बुद्धशान्ति गाउँपालिकाको सबै वडामा भदौ ९ गते राति १२ बजेसम्म निषेधाज्ञा लागू हुने जनाइएको छ ।

कमल गाउँपालिकाको वडा नं. ३ को फाल्गुनन्द टोल र शान्ति टोलको पूर्वमा केर्खाखोला, पश्चिममा ढ्याङ्ग्री खोला, उत्तरमा राजमार्गको दक्षिण र दक्षिणमा निहारिक स्कुल अगाडिको तेर्सो बाटोसम्म भदौ ९ गते राति १२ बजेसम्म निषेधाज्ञा लागू भएको छ ।

गौरीगञ्जको वडा नं. ३, ४, ५ र ६ मा अर्को सूचना नभइञ्जेलसम्मलाई निषेधाज्ञा लगाइएको छ । निषेधाज्ञा क्षेत्रको पूर्व पश्चिम राजमार्गमा भने यातायातका साधन चलाउन रोकिएको छैन ।

निषेधाज्ञा उल्लङ्घन गर्नेलाई सङ्क्रामक रोग ऐन २०२० तथा प्रचलित कानून बमोजिम कार्वाही गरिने सहायक प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले बताउनुभयो ।

झापामा विहीवारसम्ममा कोभिड १९ का ४७५ जना सङ्क्रमित फेला परिसकेको जिल्ला स्वास्थ्य कार्यालय झापाका फोकलपर्सन जीवन चौलागाईले बताउनुभयो । दमक र मेचीनगरमा समुदायस्तरमा फैलिएको सङ्क्रमण नियन्त्रणका लागि हाल प्रयास भइरहेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम । मधेश प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री गोविन्दबहादुर न्यौपानेले मधेशमा रहेका मुक्त हरवाचरवाहरूलाई उद्यमशील बनाउने नीति तथा कार्यक्रम आवश्यक रहेका बताउनुभएको छ । राष्ट्रिय हरवाचरवा अधिकार मञ्चको तेस्रो राष्ट्रिय सम्मेलनको शुक्रबार जनकपुरधाममा उद्घाटन गर्नुहुँदै मन्त्री न्यौपानेले हरवाचरवाको आवश्यकता पहिचान गरी दीर्घकालीन समस्या समाधान हुने गरी उद्यमशीलतामा जोड दिनुपर्ने बताउनुभयो । “तपाईहरूले मुक्त […]

जनकपुरधाम । नेपाल विद्यार्थी संघले विद्यालय शिक्षाको गुणस्तर अभिवृद्धिको माग गर्दै धनुषासहित देशभरका स्थानीय तहमा ज्ञापन पत्र बुझाएको छ । आफ्नो ५५ औँ स्थापना दिवसमा नेविसंघले नेपालको आधारभूत र माध्यमिक तहसम्मको शिक्षाको गुणस्तर अभिवृद्धिको माग र सुधारका सुझाव सहितको ज्ञापन पत्र देशभरका स्थानीय तहमा बुझाएको हो । सो क्रममा धनुषाको कमला नगरपालिकामा नेविसंघका केन्द्रीय सदस्य […]

जनकपुरधाम । मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत लिन डाकिएको मधेश प्रदेशसभा बैठकमा सत्तापक्ष र प्रतिपक्षी दलका सांसदहरुबीच चर्काचर्की भएको छ । सभामुख रामचन्द्र मण्डलले प्रदेशसभा बैठक सुरु गरेलगत्तै जनमत पार्टीका सांसदहरुले उठेर विरोध जनाए । सो क्रममा एमालेका सांसद दीपेन्द्र ठाकुर र जनमतका सांसद चन्दन सिंहबीच चर्काचर्की भएको हो । जनमतका सांसद सिंहले माघ ८ […]