१३ फाल्गुण २०८२, बिहिबार
26-02-2026 , Thu
×

युएईले पनि आणविक ऊर्जामार्फत विद्युत उत्पादन थाल्यो

Logo
प्रकाशित शुक्रबार, भाद्र ०५, २०७७

न्यूजमधेश सम्बादाता
दुबई, ५ भदौ । तेलको धनी राष्ट्र संयुक्त अरब ईमिरेट्सले आणविक ऊर्जाबाट विद्युत उत्पादन गर्न थालेको छ । अधिकारीहरुका अनुसार आणविक शक्तिबाट उत्पादित विद्युत गत बुधबारदेखि राष्ट्रिय प्रशारणमा जोडिएको छ ।

राज्य संचालित समाचार समिति वामका अनुसार साउदी अरेबियासँगको सीमा नजिक रहेको बाराकाह आणविक विद्युत गृह (प्लान्ट) बाट उत्पादित विद्युत राष्ट्रिय प्रशारणमा जोएिको छ ।

वामले प्लान्टको नियन्त्रक कक्षभित्र कर्मचारीहरुले काम गरिरहेको तस्वीर पनि सार्वजनिक गरेको छ । कोरोनाभाइरस महामारीका कारण अन्य संचार माध्यम वा स्वतन्त्र पर्यवेक्षकलाई त्यहाँ उपस्थित हुन दिइएको थिएन ।

जुलाई ३१ मा प्लान्टको पहिलो रियाक्टरको काम अन्तिम चरणमा पुगेको बताइएको थियो । एपीले उक्त प्लान्टसम्मको पहुँचका लागि विगतदेखि प्रयास गरेको भएपनि अनुमति दिइएको थिएन ।

अन्तर्राष्ट्रिय आणविक ऊर्जा संगठन र अरु नियामक निकायका अधिकारीहरुले उक्त प्लान्टको स्थलगत अध्ययन गरिसकेको छ । युएईका अधिकारीहरुले कोराना महामारी अघि पनि उक्त स्थानलाई अति सुरक्षित र गोप्य राखेका छन् ।

यो प्लान्टमाथि डिसेम्बर २०१७ मा यमनका विद्रोही हुथी समूहले आक्रमणको निशाना बनाएको विश्वास गरिएको छ । हुथी विद्रोहीले आफूहरुले क्रुज क्षेप्यास्त्र प्रहार गरेको बताए पनि युएईले त्यसलाई अस्वीकार गरेको थियो ।

बाराकाह प्लान्टमा चारवटा रियाक्टर राखिएका छन् जसबाट युएईलाई आवश्यक विद्युतमध्ये करिब २५ प्रतिशत प्राप्त हुनेछ ।

यो आणविक विद्युत गृह दक्षिण कोरियाको सहयोगमा करिब २० अर्ब डलरमा निर्माण भएको हो ।संयुक्तराज्य अमेरिकाले युएईले आणविक प्रविधिमार्फत विद्युत उत्पादन गर्न लागेकामा प्रसन्नता व्यक्त गरेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]