०४ जेठ २०८२, आइतबार
18-05-2025 , Sun
×

दुई सय बिघामा पोखरी निर्माण हुँदै

Logo
प्रकाशित सोमबार, भाद्र ०८, २०७७

न्यूजमधेश सम्बादाता
सर्लाही ,८ भदौ । जिल्लाको वाग्मती नगरपालिकाले नगरको दिगो विकास र समृद्धिको मेरुदण्डका रूपमा विकासको कामलाई तीव्रगतिमा अगाडि बढाएको छ । नगरपालिकाले गौरवको आयोजनाको रूपमा पोखरीको निमार्ण शुरु गरी दुई चरणको काम सम्पन्न गरेकोे हो ।

पहिलो चरणअन्तर्गत पोखरीको सम्पूर्ण डिजाइन तयार गरेर पर्खाल लगाउने र सफा गर्ने कार्य सम्पन्न भएको नगर प्रमुख भरतकुमार थापाले बताउनुभयो । अब दोस्रो र तेस्रो चरणअन्तर्गतको सौन्दर्य अभिवृद्धिको काम शुरु भएको नगर प्रमुख थापाले बताउनुभयो । दीर्घकालीन रूपमा नगरको आयस्तर बढाउनुका साथै नगरमै रोजगारीको सिर्जना गर्न भन्दै करिब २०० बिघा क्षेत्रफलमा मानव निर्मित पोखरी निर्माण शुरु गरिएको हो ।

नगरपालिकाअन्तर्गत वडा नम्बर ४ र ५ स्थित वाग्मती किनारमा पोखरी निर्माण गरिएको प्रमुख प्रशासकीय अधिकृत विमलकुमार पोखरेलले बताउनुभयो । उहाँका अनुसार दीर्घकालीन नगरको विकासका रूपमा नगरले पोखरी निर्माण शुरु गरेको हो । पोखरी देशकै नमूना बन्नेमा आफू ढुक्क भएको नगर प्रमुख थापाले बताउनुभयो । करिब २०० बिघा क्षेत्रफलको मानव निर्मित यो पोखरी देशमै विशाल मानव निर्मित पोखरी बन्ने नगर प्रमुख थापाले बताउनुभयो ।

पोखरीमा माछा पालनसँगै मुख्यरूपमा पर्यटन विकास यसको लक्ष्य र योजना रहेको नगरपालिकाले जनाएको छ । निकट भविष्यमै नगरले गर्ने आम्दानी तथा नगरबासीलाई रोजगारीको राम्रो सम्भावना लिएर मानव निर्मित पोखरी निमाण शुरु गरेको नगर उपप्रमुख लीला मोक्तानले बताउनुभयो । पोखरीमा बोटिङ, स्विमिङसँगै पर्यटकका लागि आकर्षक होटल र खाजा घरको समेत निर्माण हुनेछ ।

पूर्वपश्चिम लोकमार्गबाट मात्र तीन किलोमिटरको दूरीमा रहेको पोखरी अन्य गन्तव्यमा हिँडेका पर्यटकका लागि समेत विश्राम स्थलको रूपमा विकास गर्न सकिने नगरको योजना रहेको छ । पोखरी निर्माणको अर्को महत्वपूर्ण योजना स्थानीयस्तरमा रोजगारीको वातावरण पनि रहेकोले नगरका धेरै जनशक्तिले रोजगारी समेत पाउने भएका छन । नगरले हरेक योजनामा आफ्नै जनशक्ति परिचालन गर्दै आएकोले पोखरी निमार्णका क्रममा पनि नगरबासीले गतिलो रोजगारी पाउने नगरपालिकाले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]