२५ फाल्गुण २०८२, मंगलबार
10-03-2026 , Tue
×

दुई सय बिघामा पोखरी निर्माण हुँदै

Logo
प्रकाशित सोमबार, भाद्र ०८, २०७७

न्यूजमधेश सम्बादाता
सर्लाही ,८ भदौ । जिल्लाको वाग्मती नगरपालिकाले नगरको दिगो विकास र समृद्धिको मेरुदण्डका रूपमा विकासको कामलाई तीव्रगतिमा अगाडि बढाएको छ । नगरपालिकाले गौरवको आयोजनाको रूपमा पोखरीको निमार्ण शुरु गरी दुई चरणको काम सम्पन्न गरेकोे हो ।

पहिलो चरणअन्तर्गत पोखरीको सम्पूर्ण डिजाइन तयार गरेर पर्खाल लगाउने र सफा गर्ने कार्य सम्पन्न भएको नगर प्रमुख भरतकुमार थापाले बताउनुभयो । अब दोस्रो र तेस्रो चरणअन्तर्गतको सौन्दर्य अभिवृद्धिको काम शुरु भएको नगर प्रमुख थापाले बताउनुभयो । दीर्घकालीन रूपमा नगरको आयस्तर बढाउनुका साथै नगरमै रोजगारीको सिर्जना गर्न भन्दै करिब २०० बिघा क्षेत्रफलमा मानव निर्मित पोखरी निर्माण शुरु गरिएको हो ।

नगरपालिकाअन्तर्गत वडा नम्बर ४ र ५ स्थित वाग्मती किनारमा पोखरी निर्माण गरिएको प्रमुख प्रशासकीय अधिकृत विमलकुमार पोखरेलले बताउनुभयो । उहाँका अनुसार दीर्घकालीन नगरको विकासका रूपमा नगरले पोखरी निर्माण शुरु गरेको हो । पोखरी देशकै नमूना बन्नेमा आफू ढुक्क भएको नगर प्रमुख थापाले बताउनुभयो । करिब २०० बिघा क्षेत्रफलको मानव निर्मित यो पोखरी देशमै विशाल मानव निर्मित पोखरी बन्ने नगर प्रमुख थापाले बताउनुभयो ।

पोखरीमा माछा पालनसँगै मुख्यरूपमा पर्यटन विकास यसको लक्ष्य र योजना रहेको नगरपालिकाले जनाएको छ । निकट भविष्यमै नगरले गर्ने आम्दानी तथा नगरबासीलाई रोजगारीको राम्रो सम्भावना लिएर मानव निर्मित पोखरी निमाण शुरु गरेको नगर उपप्रमुख लीला मोक्तानले बताउनुभयो । पोखरीमा बोटिङ, स्विमिङसँगै पर्यटकका लागि आकर्षक होटल र खाजा घरको समेत निर्माण हुनेछ ।

पूर्वपश्चिम लोकमार्गबाट मात्र तीन किलोमिटरको दूरीमा रहेको पोखरी अन्य गन्तव्यमा हिँडेका पर्यटकका लागि समेत विश्राम स्थलको रूपमा विकास गर्न सकिने नगरको योजना रहेको छ । पोखरी निर्माणको अर्को महत्वपूर्ण योजना स्थानीयस्तरमा रोजगारीको वातावरण पनि रहेकोले नगरका धेरै जनशक्तिले रोजगारी समेत पाउने भएका छन । नगरले हरेक योजनामा आफ्नै जनशक्ति परिचालन गर्दै आएकोले पोखरी निमार्णका क्रममा पनि नगरबासीले गतिलो रोजगारी पाउने नगरपालिकाले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]