३० फाल्गुण २०८२, आइतबार
15-03-2026 , Sun
×

अवैधरुपमा भारततर्फ लैजाँदै गरिएको १७५ बोरा सेतो मटर सशस्त्र प्रहरीद्वारा बरामद

Logo
प्रकाशित मंगलबार, भाद्र ०९, २०७७

न्यूजमधेश डेस्क
राजविराज ,९ भदौ। सप्तरी जिल्लाको हनुमाननगर कङ्कालिनी नगरपालिका नाकाबाट अवैधरुपमा ठूलो परिमाणमा भारततर्फ लैजाँदै गरिएको सेतो मटर सशस्त्र प्रहरीले गए राति बरामद गरेको छ ।

सशस्त्र प्रहरी सीमा सुरक्षा बलले भारततर्फ तस्करीका लागि डुङ्गामा लादिएको १७५ बोरा सेतो मटर बरामद गरेको सशस्त्र प्रहरी बल गण नम्बर ६ राजविराजका सशस्त्र प्रहरी उपरीक्षक राजु श्रेष्ठले जानकारी बताउनुभयो ।

तस्करीका लागि तयार गरिएको मटरसहितका ६ डुङ्गा हनुमाननगर कङ्कालिनी–११ सखुवास्थित कोशीको स्पर छेउबाट नियन्त्रणमा लिइएको हो । गोप्य सूचनाका आधारमा खटाइएको टोलीले मटरसहितको डुङ्गा बरामद गरे पनि तस्कर फेला नपरेको सप्रउ श्रेष्ठले भने ।

प्रहरीका अनुसार एउटा बोरामा २५ किलो मटर छ । बरामद गरिएको मटरको मूल्य रु दुई लाख ४७ हजार पाँच सय रहेको छ । सशस्त्र प्रहरीले भन्सार कार्यालय कुनौली बेल्हीमा बुझाउने तयारी भइरहेको जनाएको छ ।

सशस्त्र प्रहरीले गत साउन २३ गते पनि ५० बोरा मटर नियन्त्रणमा लिएको थियो । कोरोनाका कारण गरिएको लकडाउनले अन्य नाका प्रयोगमा कठिनाइ भएपछि तस्करले सप्तकोशी नदीलाई तस्करीको बाटाका रुपमा प्रयोग गर्न थालेका हुन् । तस्करले विभिन्न स्थानबाट मटर सङ्कलन गरी हनुमाननगर क्षेत्रस्थित गोदाममा भण्डारण गर्ने र राति डुङ्गामार्फत कोशी तारेर भारत पु¥याउँदै आएका छन् ।

नेपालमा सस्तो मूल्यमा पाइने मटर भारतमा राम्रो भाउमा बिक्ने गरेको छ । नेपालमा तेस्रो मुलुकबाट आयातीत मटरको तुलनामा प्रतिकिलो रु ५० कम पर्न थालेपछि भारततर्फ अवैध निर्यात बढेको हो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]