०४ जेठ २०८१, शुक्रबार
17-05-2024 , Fri
×

धानबालीमा रोगको प्रकोप फैलिएपछि किसान चिन्तित

Logo
प्रकाशित बुधबार, भाद्र १०, २०७७

न्यूजमधेश डेस्क
सप्तरी ,१० भदौ । एक महिनाअघि आएको बाढीले धान खेतीमा ठूलै क्षति पु¥याएको सप्तरीमा अहिले धान खेतीमा गवारो रोगको प्रकोप फैलिएपछि किसानहरु चिन्तित बनेका छन् ।

जिल्लाका सर्वाधिक धान खेती हुने पाँच स्थानिय तहमा गवारो रोगको प्रकोप फैलिएपछि किसानहरु थप चिन्तित बनेका हुन् ।
जिल्लाको तिलाठी कोइलाडी गाउँपालिका, विष्णुपुर गाउँपालिका, बालन बिहुल गाउँपालिका, खडक गाउँपालिका, हनुमाननगर कंकालिनी नगरपालिकालगायतका क्षेत्रमा रहेका धानखेतीमा अहिले गवारो रोगको प्रकोप बढी देखिएको छ ।

तिलाठी कोइलाडी गाउँपालिकाका अध्यक्ष सतिश सिंहले धानबालीमा गवारो रोगको प्रकोपले ६० देखी ६५ प्रतिशत क्षति पु¥याएकोबताए ।
प्रकोप नियन्त्रणका लागि तथा किसानहरुलाई राहत प्रदान गर्न गाउँपालिकाको साधानश्रोतले भ्याएसम्म पहल गरिरहेको बताएका उनले रोग नियन्त्रणका लागि प्रदेश र संघीय सरकारलाई पनि सहयोगका लागि आग्रह गरेको बताए ।

बाढी र कोरोनाको कहरबाट उन्मूक्ति नपाउँदै धान खेतीमा देखिएको गवारो रोगको प्रकोपले आफुहरु थप मारमा परेको कृषक श्यामकुमार मण्डलको भनाई छ । यस्तै गुनासो अन्य कृषकहरुले पनि गरेका छन् । उनीहरुले गवारो रोग रोकथाम र नियन्त्रणका लागि आवश्यक सहयोग गरिदिन स्थानिय, प्रदेश र संघीय सरकारसँग आग्रह समेत गरेका छन् । धानबालीमा किराको प्रकोपले खेतमै धान सुक्न थालेको पीडित किसानहरुको भनाई छ ।

खेतमा असन्तुलन, गुणस्तरीय रसायनिक मलको अभाव तथाप्रतिकुल वातावरणका कारण धानबालीमा किराको प्रकोप बढेको कृषि विज्ञहरुको भनाई छ । कृषि ज्ञान केन्द्र राजविराजका कृषि विज्ञ राजेन्द्र प्रसाद यादवले पुतली जातको गवारो धानको ढाड नै काट्ने गर्दा सुक्ने गरेको पाइएको बताए । उनले खेतमा प्रयोग गरिने रसायनिक मल,डिपिए, युरिया, पोटास लगायतको मात्रा नमिल्दा पनि बालीको जरो कमजोर भई किराको आक्रमण बढेको बताउँदै यसको रोकथाम र नियन्त्रणका लागि प्रहरी क्षेत्रमा प्राविधिक खटाइने काम भइसकेको जानकारी दिए ।

जिल्लामा यस पल्ट ६२ हजार ८ सय हेक्टर जग्गामा धान खेती भएको छ । तर, अधिकांश धानखेतीमा गवारो किराकोण्। प्रकोप देखिएपछि चिन्तित बनेका किसानहरुले यसको रोकथाम र नियन्त्रणका लागि अविलम्ब पहल गर्न सम्बन्धीत निकायसँग आग्रह गरेका छन्

कमेन्ट गर्नुहोस्
सम्बन्धित

राजविराज । सप्तरी सदरमुकाम राजविराज नगरपालिकामा एक युवक मृत अवस्थामा भेटिएका छन् । नगरपालिकाको वडा नम्बर १३ स्थित पिप्राही र भेल्हीबीचको खाँडो खोलामा युवक मृत भेटिएको प्रहरीले जनाएको छ । मृतक युवक राजविराज नगरपालिका १२ बिषहरिया निवासी सुनिल कुमार यादव हुन् । १९ बर्षीय यादव साइकलसहित घोप्टो परेर मृत फेला परेको र नाकबाट रगत आएको […]

महोत्तरी। गर्मी छल्ने लेकाली चिसो मधेशमा नै पाईन्छ भन्दा धेरैलाई अप्रत्यारिलो लाग्न सक्छ । तर महोत्तरीको उत्तरी क्षेत्र चनौटे डाँडोमा पुगेपछी पाइने चिसो मौसमले यसलाई पुष्टि गर्दछ । यो खवर थाहा पाएपछी मधेश र नजिकै सिमाना जोडिएका भारतको विहार प्रदेशका मानिसहरुको गर्मी छल्ने सवैभन्दा उत्कृष्ट गन्तव्य पहाड र हिमालका जिल्ला भन्दा यहीँ ठाउँ सर्वाधिक रोजाई […]

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलको भाउ एकैपटक प्रतिलिटर ७ रुपैयाँ घटाउने निर्णय गरेको छ । यस्तै डिजेल तथा मट्टितेलमा प्रतिलिटर रु पाँच घटाएको निगमले बुधबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । मूल्य घटेसँगै पेट्रोल पहिलो वर्गका लागि प्रटिलिटर एक सय ६८ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि रु एक सय ७० र तेस्रो वर्गका […]