२३ बैशाख २०८१, आइतबार
05-05-2024 , Sun
×

मुख्यमन्त्री राउतद्वारा राहतको घोषणा

Logo
प्रकाशित बुधबार, भाद्र १०, २०७७

न्यूजमधेश डेस्क
जनकपुरधाम ,१० भदौ।प्रदेश २ का मुख्यमन्त्री लालबावु राउतले रौतहटको गढीमाई नगरपालिका–६ स्थित बागमती नदीमा आइतबार डुबेर मृत्यु भएका तीन बालबालिकाका परिवारलाई राहतस्वरुप रु एक÷एक लाख प्रदान गर्ने घोषणा गर्नुभएको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को सचिवालयद्वारा आज जारी गरिएको समवेदना पत्रमा मुख्यमन्त्री राउतले मृत्तात्माको चिर शान्तिको कामनाका साथै शोक सन्तप्त परिवारप्रति गहिरो समवेदना प्रकट गर्नुभएको छ ।

गढीमाई–७ बस्ने भदै मुखियाकी अन्दाजी १० वर्षीया छोरी पिङ्की, लक्ष्मण दासकी १५ वर्षीया छोरी सुस्चिता र छठु मुखियाकी १० वर्षीया छोरी चञ्चल कुमारीको सो नदीमा डुबेर मृत्यु भएको थियो । ऋषि पञ्चमीको अवसरमा आइतबार नुहाउन जाँदा तीनै बालिका वेपत्ता भएका थिए ।

सोही दिन धर्मपुर चौकीबाट खटिएको प्रहरी र स्थानीयले खोजतलास गर्दा अपराह्नको समयमा पिङ्कीको शव फेला परेको थियो भने मङ्गलवार माधवनारायण नगरपालिका–८ स्थित बागमती खोलाको किनारमा सुस्चिताको र राजदेवी नगरपालिका–९ स्थित ब्रह्मपुरीस्थित बागमती नदीको किनारमा चञ्चलको शव फेलापरेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम । भारतमा लोकसभा चुनावका लागि नेपाल-भारत बोर्डर सिल गर्न लागेकाले जयनगर-जनकपुर-भंगहा रेलसेवा तीन दिनसम्म बन्द रहने भएको छ । भारत मधुवनी जिल्लाको भंझारपुर संसदीय क्षेत्रमा ७ मे २०२४ (वैशाख २५)मा लोकसभा चुनाव हुँदैछ । चुनावको २४ घण्टा अगावै बोर्डर सिल गर्ने गरिएकाे छ । त्यसैले भोलिदेखि नै जयनगर-जनकपुर-भंगहा रेलसेवा बन्द हुने भएको छ । […]

जनकपुरधाम । धनुषा जिल्लाको विभिन्न क्षेत्रमा केही पार्टीका नेताहरुले जनताको समस्या समाधान गर्नुभन्दा गुण्डागर्दी शैलीमा राजनीति गरिरहेको आरोप जनमत पार्टीका राष्ट्रिय सचिब बीपी साहले लगाएका छन्। जिल्लामा यस्तो गुण्डागर्दीशैलीको राजनीति नचल्ने साहले बताएका छन् । शुक्रबार जनमत पार्टी धनुषाले औरही गाउँपालिकामा आयोजित बृहत्त पार्टी प्रवेश तथा आमसभालाई सम्बोधन गर्दै नेता साहले भने,‘धनुषामा किसानहरुलाई सिचाईको समस्या […]

जनकपुरधाम । मधेश प्रदेशका विभिन्न जिल्लामा आगलागीबाट विगत १० महिनामा रु ४६ करोडभन्दा बढी मूल्य बराबरको धन सम्पत्ति जलेर नष्ट भएको छ । मधेश प्रदेश प्रहरी कार्यालयले आगलागीका सम्बन्धमा जिल्लाबाट हालसम्म सङ्कलन गरिएको तथ्याङ्क विवरणअनुसार मधेस प्रदेशका आठ वटै जिल्लामा आगलागीबाट क्षति भएको जनाएको छ । अहिले पनि प्रदेशका कुनै न कुनै स्थानमा आगलागी भइरहेकाले […]