०४ जेठ २०८१, शुक्रबार
17-05-2024 , Fri
×

क्लोथ बैंकद्वारा अक्सिजन बैंक सेवा सञ्चालन

Logo
प्रकाशित बुधबार, भाद्र १०, २०७७

न्यूजमधेश डेस्क
जनकपुरधाम ,१० भदौ । प्रदेश नं २ मा कोरोना सङ्क्रमणको दिनप्रतिदिन बढ्दै गएको अवस्थालाई दृष्टिगत गरी क्लोथ बैंक धनुषाले अक्सिजन बैंकको सेवा सञ्चालन गरेको छ ।

विपन्नका लागि लुगा सहयोग गर्दे आएको सो बंैंकले कोरोना सङ्क्रमणको गम्भीरतालाई ध्यानमा राख्दै बेडका अभावमा होम आइसोलेशन बसेका सङ्क्रमितलाई बैंकले अक्सिजन सिलिण्डरको व्यवस्थापन सेवा सञ्चालन गरेको छ ।

बैंकका अध्यक्ष राजीव झाका अनुसार घरमै बसेर चिकित्सकको निगरानीमा उपचार गराइ रहेकालाई बैंक निःशुल्क अक्सिजन सिलिण्डर उपलब्ध गराउँदै आएको छ ।

घरमै चिकित्सकको निगरानीमा उपचार गराइरहेकामध्ये बैंकले अहिले २२ थान अक्सिजन सिलिण्डर उपलब्ध गराइ निःशुल्क चिकित्सकीय परामर्श सेवा पनि सञ्चालन गरिरहेको जनाइएको छ ।

चिकित्सक टोलीका सदस्य शैलेन्द्र झाले धनुषा जिल्लाका ३० ,सप्तरीका २, सिरहाका २ ,महोत्तरीका २ , सर्लाहीका ४ र पर्साका १८ जना सङ्क्रमितले चिकित्सकीय परामर्श लिइरहेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जलेश्वर। भंगहा-जनकपुर-जयनगर रेल्वे सेवा भोलि शनिबारदेखि तीन दिनसम्मको लागि बन्द रहने भएको छ। नेपाल रेल्वे कम्पनी लिमिटेडका प्रबन्ध सञ्चालक नीरञ्जनकुमार झाले एक विज्ञप्त जारी गर्दै यही जेठ ५ गते शनिबारदेखि जेठ ७ गते सोमलबारसम्म रेलसेवा पूर्ण रुपमा बन्द रहने जानकारी दिएका हुन्। उनले विज्ञप्तिमा भारतको बिहार राज्यको मधुबनी जिल्लाको मधुबनी संसदीय क्षेत्रमा यही जेठ ७ […]

राजविराज । सप्तरी सदरमुकाम राजविराज नगरपालिकामा एक युवक मृत अवस्थामा भेटिएका छन् । नगरपालिकाको वडा नम्बर १३ स्थित पिप्राही र भेल्हीबीचको खाँडो खोलामा युवक मृत भेटिएको प्रहरीले जनाएको छ । मृतक युवक राजविराज नगरपालिका १२ बिषहरिया निवासी सुनिल कुमार यादव हुन् । १९ बर्षीय यादव साइकलसहित घोप्टो परेर मृत फेला परेको र नाकबाट रगत आएको […]

महोत्तरी। गर्मी छल्ने लेकाली चिसो मधेशमा नै पाईन्छ भन्दा धेरैलाई अप्रत्यारिलो लाग्न सक्छ । तर महोत्तरीको उत्तरी क्षेत्र चनौटे डाँडोमा पुगेपछी पाइने चिसो मौसमले यसलाई पुष्टि गर्दछ । यो खवर थाहा पाएपछी मधेश र नजिकै सिमाना जोडिएका भारतको विहार प्रदेशका मानिसहरुको गर्मी छल्ने सवैभन्दा उत्कृष्ट गन्तव्य पहाड र हिमालका जिल्ला भन्दा यहीँ ठाउँ सर्वाधिक रोजाई […]