०४ जेठ २०८१, शुक्रबार
17-05-2024 , Fri
×

क्लोथ बैंकको पहलमा एम्बुलेन्स अभावको समस्या समाधान

Logo
प्रकाशित शनिबार, भाद्र १३, २०७७

न्यूजमधेश डेस्क
जनकपुरधाम,१३ भदौ।समाजिक कार्यमा लागेको क्लोथ बैंक धनुषाको पहलमा एम्बुलेन्स अभावको समस्या समाधान भएको छ ।

बैंकको पहलमा धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराई र एम्बुलेन्स चालक संघको उपस्थितीमा भएको वृहत छलफलले कोभिडका विरामीहरुलाई बोक्न एम्बुलेन्स चालकहरु राजी भएका छन् ।

क्लोथ बैंकले सुरक्षाका सम्पुर्ण समाग्रीहरु उपलब्ध गराउने प्रतिवद्वता गरेपछि एम्बुलेन्स चालकहरु मानव कल्याणका लागि एम्बुलेन्समा कोरोनाका संक्रमित समेत बोक्न अब तयार भएका हुन् ।

बैंकले चालकका लागि पिपिई, मास्क, ग्लभ्स, स्यानिटाइजर, फेस हेलमेट सहितका सवै समाग्री उपलब्ध गराउने भएपछि चालकहरु काम गर्न राजी भएको बताए । कोरोना भाइरस विरुद्धको लडाइमा लागेका वैंकको अभियानलाई सार्थक वनाउनका लागि २९ वटा एम्बुलेन्सले सहयोगको प्रतिवद्धता गरेको बैंकका अध्यक्ष राजिव झाले बताए ।

छलफलवाट एम्बुलेन्स समस्या समाधानका लागि एक समिति समेत गठन गरिएको छ । समितिमा रहेको व्यक्तीहरुको सम्पर्क नम्वर समेत जारी गरि कुनै समस्या परे सम्पर्कका लागि अनुरोध गरिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जलेश्वर। भंगहा-जनकपुर-जयनगर रेल्वे सेवा भोलि शनिबारदेखि तीन दिनसम्मको लागि बन्द रहने भएको छ। नेपाल रेल्वे कम्पनी लिमिटेडका प्रबन्ध सञ्चालक नीरञ्जनकुमार झाले एक विज्ञप्त जारी गर्दै यही जेठ ५ गते शनिबारदेखि जेठ ७ गते सोमलबारसम्म रेलसेवा पूर्ण रुपमा बन्द रहने जानकारी दिएका हुन्। उनले विज्ञप्तिमा भारतको बिहार राज्यको मधुबनी जिल्लाको मधुबनी संसदीय क्षेत्रमा यही जेठ ७ […]

राजविराज । सप्तरी सदरमुकाम राजविराज नगरपालिकामा एक युवक मृत अवस्थामा भेटिएका छन् । नगरपालिकाको वडा नम्बर १३ स्थित पिप्राही र भेल्हीबीचको खाँडो खोलामा युवक मृत भेटिएको प्रहरीले जनाएको छ । मृतक युवक राजविराज नगरपालिका १२ बिषहरिया निवासी सुनिल कुमार यादव हुन् । १९ बर्षीय यादव साइकलसहित घोप्टो परेर मृत फेला परेको र नाकबाट रगत आएको […]

महोत्तरी। गर्मी छल्ने लेकाली चिसो मधेशमा नै पाईन्छ भन्दा धेरैलाई अप्रत्यारिलो लाग्न सक्छ । तर महोत्तरीको उत्तरी क्षेत्र चनौटे डाँडोमा पुगेपछी पाइने चिसो मौसमले यसलाई पुष्टि गर्दछ । यो खवर थाहा पाएपछी मधेश र नजिकै सिमाना जोडिएका भारतको विहार प्रदेशका मानिसहरुको गर्मी छल्ने सवैभन्दा उत्कृष्ट गन्तव्य पहाड र हिमालका जिल्ला भन्दा यहीँ ठाउँ सर्वाधिक रोजाई […]