१३ फाल्गुण २०८२, बिहिबार
26-02-2026 , Thu
×

विजय रामको घटनामा तीन प्रहरी निलम्बित

Logo
प्रकाशित मंगलबार, भाद्र १६, २०७७

न्यूजमधेश डेस्क
रौतहट,१६ भदौ। गरुडास्थित प्रहरी हिरासतमा रहेका दलित किशोर विजयराम हत्या प्रकरणमा एक प्रहरी निरीक्षकसहित तीन प्रहरी निलम्बनमा परेका छन् ।

प्रहरी हिरासतमा रहेका विजय रामलाई चरम यातना दिएको भन्दै प्रहरी निरीक्षक नवीनकुमार सिंहसहित प्रहरी निलम्बनमा परेका हुन् ।

गरुडा नगरपालिका वडा नं ८ बसविट्टी जिंगडिया बस्ने २० वर्षीय निरञ्जन रामको हत्या भएको घटनामा संलग्न रहेको आशङ्कामा अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय गरुडाले विजय रामलाई नियन्त्रणमा लिएको थियो ।

प्रहरी नियन्त्रणमा लिइएका विजयसँग सोधपुछको बहानामा यातना दिएको भनिएको घटनामा संलग्न रहेका इप्रका गरुडामा कार्यरत प्रहरी निरीक्षक सिंह तथा प्रहरी हवल्दारद्वय हिरोज मियाँ धुनिया र मन्नुकुमार सिंहलाई निलम्बन गरिएको प्रहरीबाट थाहा भएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]