१८ बैशाख २०८२, शुक्रबार
02-05-2025 , Fri
×

सप्तरीमा ‘फुड बैंक’ सञ्चालन

Logo
प्रकाशित मंगलबार, भाद्र १६, २०७७

न्यूजमधेश डेस्क 
सप्तरी,१६ भदौ । लगातारको लकडाउन र निषेधाज्ञाले भोकै परेका व्यक्तिलाई खाद्य सहयोग गर्न सप्तरीको कञ्चनरूपमा पनि आजदेखि ‘फुड बैंक’ सञ्चालन भएको छ । विपन्न, असहाय र मजदूरलाई लक्ष्य गरी ‘हुनेले दिएर जाऔँ, नहुनेले लिएर जाऔँ’ भन्ने नाराका साथ कञ्चन सञ्चार समूहले आजदेखि खाद्य बैंक सञ्चालनमा ल्याएको कार्यक्रम संयोजक एवम् समूहका उपाध्यक्ष रोमा लम्सालले बताउनुभयो ।

एघार दाताको सहयोगबाट शुरुआत गरिएको ‘फुड बैंक’बाट आर्थिक रूपले अतिविपन्न परिवारका ४५ जनाले राहत लगेका छन् । कञ्चनरूप– १२ रूपनगरस्थित प्रगति टोलमा स्थापित ‘फुड बैंक’ बाट लकडाउनले समस्यामा परेका नगरपालिकाभित्रका आर्थिक रूपले अतिविपन्न, असहाय र अशक्त परिवारलाई प्रतिपरिवार चामल, दाल, नुन, आलु, स्वायबिन, साबुन, तेल र मास्क वितरण गरिएको समूहले जनाएको छ ।

‘फुड बैंक’मा समूहका उपाध्यक्ष लम्साल, समूहका सल्लाहकार संयोजक उत्तमप्रसाद आचार्य, कञ्चनरूप–१२ का वडाध्यक्ष देवीबहादुर खत्री, सोही वडाका मनप्रसाद लम्साल, सजर अली, आशा खड्का रञ्जना पोखरेल, काठमाडौँकी पवित्रम दाहाल, कैलालीका विपीन ‘बुद्धि’ र उदयपुरका माधव ‘गोज्याङ्ग्रे’ बाट खाद्य र नगद सहयोग प्राप्त भएको समूहले जनाएको छ ।

गरीब एवं दुःखीको पीडामा मलहम लगाउन ‘फुड बैंक’ शुरु गरिएको समूहका अध्यक्ष डम्बर राईले बताउनुभयो । समूहका कोषाध्यक्ष अनिल पोखरेलका अनुसार कोही पनि भोकै बस्नु नपरोस् भनेर अभियान शुरु गरिएको हो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]